इटहरी । चन्द्र न्यौपाने मेमोरियल ट्रस्टको आयोजनामा वर्तमान अवस्थामा एफ एम रेडियो संचालनका चुनौती र समाधानका उपायहरु विषयक कार्यशाला सम्पन्न गरिएको छ ।
ब्रोडकास्टिङ एसोसिएसन नेपालको सहकार्य तथा सामाजिक बिकासु मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा इटहरीमा कार्यशाला सम्पन्न गरिएको हो ।
कार्यशालामा स्वतन्त्र रेडियोको समस्या,चुनौती र बजार अवस्थाख सुद्धिढीकरणका विषयमा सहभागीहरुलाई अवगत गराइएको थियो ।
श्रोताका रुची अनुसारका कार्यक्रम उत्पादन तथा प्रसारण गरी प्रविधिको बढ्दो प्रयोगका बिच श्रव्य माध्यमको पहुँच कसरी विस्तार गर्ने भन्ने सम्बन्धमा डाक्टर भुमिराज चापागाँइले सहजिकरण गरेका थिए । 
कार्यक्रमका वक्ताहरुले चन्द्र न्यौपानेले सञ्चार क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गरिको थियो । न्यौपानेले श्रमजिवी सञ्चारकर्मीको हक र हितका लागी साथै रेडियोका माध्यमबाट बस्तुनिष्ठ समाचार प्रवाह गरी आम जनमानसलाइ सुसुचित गराउने कार्यमा अग्रणी भुमिकामा रही कार्य गरेको स्मरण गरेका हुन । सञ्चारगृहमा जनशक्तीको अभाव र गुणस्तरिया कार्यक्रमको अभावमा श्रोताको संख्यामा कमी आउँदै गरेको तथ्यतर्फ मध्यनजर गर्दै रेडियो सञ्चालन गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
कार्यशालामा श्रोताको रुची परिवर्तनका कारण,सामुदायिक रेडियोको सामाजिक पहुच लगायतका विषयमा पनी चर्चा गरिएको थियो । ट्रस्टकी अध्यक्ष अनिता गुरागाँइको अध्यक्षतामा भएको कार्यशालामा ब्रोडकास्टिङ एसोसिएसन नेपालका केन्द्रिय सल्लाहकार तथा ट्रस्टका कार्यसमिति सदस्य प्रेम बस्नेत,बानका बरिष्ट उपाध्यक्ष उज्वल चौलागाँई लगायत कोशी प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
ट्रष्टले भोली पत्रकार आचारसंहिताको नविनतम आयाम र कार्यन्वयनको अवस्था विषयक गोष्ठी आयोजना गर्ने भएको छ ।




















