भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताउनुभएको छ । मन्त्री ज्वालाले सेवा प्रवाहको कामलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासनको प्रवद्र्धन गर्न सरकारले विज्ञहरुसहित यातायात्र क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको र त्यसले दिएको सुझावलाई छिट्टै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे । बुधबार मन्त्रालयमा आयोजित ‘सवारी चालक अनुमति पत्रको अनलाईन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह शुभारम्भ कार्यक्रम’ मा बोल्दै उनले सार्वजनिक यातायातको उचित व्यवस्थापन, चालक अनुमति पत्र लिनका लागि महिनौं कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने आश्वासन समेत दिए । त्यसका लागि प्रदेश सरकारलाई समेत चालक अनुमति पत्र प्रिन्टिङ गर्ने व्यवस्थाका लागि बजेटको समेत व्यवस्था गरिएको मन्त्री ज्वालाको भनाई थियो ।
मन्त्री ज्वालाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गर्ने कामलाई अन्तिम चरणमा पु¥याएको पनि दोहो¥याएका छन । उनले चालक अनुमति पत्रका लागि लिने परीक्षा प्रणालीलाई पनि सुधार गर्दै लैजाने समेत बताएका छन ।




















