देशको राष्ट्रिय स्वाधिनता , सम्प्रभुता तथा राष्ट्रिय अखण्डता रक्षाको लागि हाम्रो अभियान भन्ने नाराका साथै सुनसरीको इटहरीमा युवाहरुले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनको समर्थनमा र्याली निकालेका छन ।   निर्दल बालेनका पक्षमा हाम्रो दलबल स्वतन्त्र नागरिक र्यालीको नाममा युवाहरुले बालेनका पक्षमा इटहरीमा रयाली निकालिएको हो । र्यालीमा कोशी प्रदेशका विभिन्न ठाउँहरुका समेत युवाहरुको सहभागिता रहेको थियो । र्याली इटहरीका मुख्य बजार क्षेत्रमा प्रर्दशन गरिएको थियो । वेथिती विरुद्ध बालेनको ह्यामर तयार छ बोक्न गाउँ र नगर लेखिएको ब्यानर सहित निकालिएको र्यालीका संयोजक पारमणी गेलालले बालेन जस्ता काम गर्नेहरुका पक्षमा हामी छौं र बालेन जस्ता युवाहरु इटहरी लगायतका ठाउँहरुमा पनि तयार हुन पर्छ भन्ने संदेश दिन रयालीको आयोजना गरिएको जानकारी गराए ।

बालेनको समर्थनमा निकालिएको र्यालीमा सहभागी हुन इटहरी आएका उदयपुरको गाइघाटका माधवप्रसाद गेलाल बालेन साह प्रतिनिधि पात्र मात्र भएको र बालेनको जस्तो सोचका युवाहरुलाई अघि बढाउन र्यालीको आयोजना गरिएको वताए । र्यालीमा सहभागी युवाहरुले बालेनका पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए भने नारा समेत लगाएका थिए ।Sequence 01.00_37_18_06.Still003Sequence 01.00_38_00_05.Still012Sequence 01.00_38_17_14.Still015Sequence 01.00_38_03_01.Still013

00317.MTS.00_01_27_03.Still00200317.MTS.00_01_23_05.Still00100317.MTS.00_01_27_03.Still002