धनकुटा । धनकुटामा बृहत बृक्षारोपण गरि छैटौ राष्ट्रिय बृक्षारोपण दिवस मनाईएको छ ।
वन बढाउन राष्ट्र अभियानकै रुपमा नेपाल सरकारले राष्ट्रिय बृक्षारोपण गरि दिवस मनाउन शुरु गरिएकोले धनकुटामा पनि असार १४ गते छैटौ राष्ट्रिय बृक्षारोपण दिवस बृहत बृक्षारोपण गरि मनाईएको हो ।
डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले दिवसको अवसरमा बोल्नु हुदै यस्तो बताउनु भएको हो ।
उहाँका अनुसार नेपालको संविधानले पनि बनलाई निश्चित क्षेत्र तोकेर बन क्षेत्र कायम गर्नु पर्छ भनेर तोकेको अवस्था छ । कम्तिमा पनि ४० प्रतिशत भुभागमा बृक्षरोपण गर्नु पर्छ भन्ने नेपाल सरकारको राष्ट्रिय लक्ष्य अनुरुप बृक्षारोपण गरि दिवस मनाउन थालिएको हो ।
विकास निर्माणका क्रममा कतिपय वन र प्रकृतिमा क्षति पुर्याई वन विनास हुने गरेका छन् । यस्ता विनासले गर्दा बर्तमान अवस्थालाई मध्यनजर गर्दै क्षतिको परिपूर्ति गर्दै जाने नेपाल सरकारको राष्ट्रिय निति अनुरुप जलवायु परिवर्तनको असरलाई न्युनिकरण र जलवायु परिवर्तनलाई रोक्नकालागि पनि वन क्षेत्रको महत्व रहेकाले विश्वब्यापी अभियान कै रुपमा सञ्चालन भईरहेको अवस्थामा नेपाल सरकारले नेपालमा पनि यो बृक्षारोपणलाई अभियानकै रुपमा लानु पर्छ भन्ने सोचका साथ छ बर्ष अघिदेखि राष्ट्रिय पर्व र अभियानकै रुपमा लान वृक्षारोपण दिवस मनाईएको हो ।
डिभिजन वन कार्यालय धनकुटा र फेकोफनको आयोजनामा भिमदल गण सल्लेरी ब्यारेक परिसर र छथरजोरपाटी गाउँपालिका स्थित भालुखोप सिंहदेवी सामुदायिक वनमा कल्कि, तेजपात, जापानीज धुपी, चाँप, उतिस, सल्लालगायतका एक हजार ६ सय विरुवा रोपण गरि राष्ट्रिय बृक्षारोपण दिवस मनाईएको हो ।
सबैको सहयोगले जलवायु जन्यको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदुषणलाई कम गर्न बृक्षारोपण आवश्यक रहेको, हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको बनजङ्लको संरक्षण, सम्बर्दन र वन विकसमा टेवा पुर्याउन सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने डिभिजन वन अधिकृत श्रेष्ठको भनाइ छ । 
मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको भन्दै हरेक सामुदायिक वनहरुमा भएको खाली ठाउँहरुमा बृक्षारोपण गर्ने योजना अनुरुप उत्त क्षेत्रमा बृक्षारोपण गरिएको हो ।
उत्त कार्यक्रममा भिमदल गण सल्लेरी व्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा, सहसेनानी दिपेश बुढाथोकी, शसस्त्र प्ररी वल नेपाल नम्वर ६ गुल्म हेडक्वाटर छिन्ताङ्गक प्रमुख दिपक वलामी, राष्ट्रिय अनुसन्धान अधिकृत सविना राई, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, वैक वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधी, वनकर्मी, फेकोफनका अध्यक्ष नील बहादुर थापा, सचिव ठगेन्द्र प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।




















