धनकुटा  । भीमदल गण र जिल्ला प्रशासन कार्यालयको सहआयोजनामा विपद् जोखिम न्युनिकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो ५ धनकुटामा सम्पन्न भएको छ । 

उक्त अवसरमा भिमदल गण सल्लेरी व्यारेकका गणपति प्रमुख सेनानी सुमन थापा, सशस्त्र प्रहरी वल, नेपाल रेडक्रस सोशाईटी जिल्ला शाखा धनकुटाका वरिष्ठ कास विष्णुकृष्ण जोसि, जिल्ला प्रहरी कार्यालय, पडेप नेपाल, हुसाडेक, जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक जिल्ला अधिकारी अन्जन न्यौपाने, स्थानीय तहको तर्फबाट धनकुटा नगरपालिका शिक्षा प्रमुख नगेन्द्रमणिलगायतले संस्थाको कार्यप्रगतीका साथै विपद् वाजा बजाएर नआउने भएकाले विपद् पुर्वको तयारीको अवस्थाका विषयमा सरोकारवाला सँग जानकारी गराउनु भयो ।

नेपाली सेनाले संखुवासभा स्थिच गोलामा भएको दुर्घटनामा पुर्याएको योगदान, विपद्सँग लड्न सबै हात हतियारको व्यावस्थापन के कस्तो छ भन्ने लगायतको राम्रो तयारी र सबै  सरोकारबाला सँगसंस्थाहरूलाई तयारी अवस्थामा राख्दा ठुलो विपद्को क्षतिलाई पनि समाधान गर्न सकिने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कार्यक्रमको समापनको अवसरमा बताउनु भयो ।IMG_20230629_185203 उहाँका अनुसार कामको बाडफाड गरेर काम गर्नुपर्ने, यो बर्खामा धनकुटामा नौ सय ८१ परिवार विपद्को जोखिममा रहेको अनुमान गरिएको हुदा विपदको सबै मिलेर सामना गर्नु आवश्यक रहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो । 

सोहि अवसरमा बोल्नुहुदै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले धनकुटामा विपद्मा तीन हजार ९ सय ८१ व्यक्ति प्रभावित हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । IMG20230629113310 1

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विपद् पूर्व तयारीका विषयमा छलफल भएको भिमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति सुमन थापाले जानकारी दिनुभयो । कार्यक्रममा विपद् सामना गर्न नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना तथा रेडक्रससँग रहेका सामग्री प्रदर्शन पश्चात भीमदल गण सल्लेरी व्यारेक परिसरमा डिभिजन वन कार्यालयबाट उपलब्ध विभिन्न शौन्दर्यमुलक फुलका साथै फलफुलका विरुवा समेत रोपण गरिएको थियो ।