सुनसरी । सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ र ६ स्थित सिसौली घाट क्षेत्रमा तिव्र कटान गर्न सुरु गरेको छ ।

 एक साता भित्र करिव २ सय मिटर जमिन कोशीले कटान गरि सकेको र व्यपारिक प्रयोजनका लागि निर्माण भएका ५÷६ वटा टहराहरु कोशी कट्टानका कारण स्तरण भई सकेका छन् । 

सोही क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जिल्ला समन्वय समितिका सभापति राजन मेहता , नेपाली सेना. कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामा, सशस्त्र प्रहरी उपरिक्षक लकेश कुमार तुम्बाहाम्फे, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तिलक प्रसाई, स्थानिय प्रहरीको साथमा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की लगायत स्थानिय प्रतिनिधिको संयुक्त टोलीले बराहक्षेत्र वडा नं. ६ स्थित सिसौलि घाट, दलाल (चिनिया टापु) र लगायतका स्थानमा सप्तकोशी नदीबाट भइरहेको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन । WhatsApp Image 2023-06-29 at 17.15.04

सिसौली घाट, तेह्र आरडी , कोशी टप्पु, श्रीलंका टप्पु , जलाल क्षेत्रको कोशी कटान जोखिम क्षेत्रको रुपमा रहेको जनाउँदै नगर प्रमुख कार्कीले जोखिम न्युनिकरणको लागि ठोस योजजना र समस्याको दर्घकालिन समधानको खोजिकालागि पहल गर्न आग्रह गरेका थिए । 

कोशी कटान तिब्र भई रहेको र यसको रोकथाम र आवश्यक तयारीको बिषयमा जिल्ला बिपत्तको बैठकबाट निर्णय गराएर योजना बनाईने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विश्वास व्यक्त गरिन । 

 बर्षौदेखिको कोशि कटानको दिर्घकालिन समस्याको खोजि गर्न जिल्ला समन्वय समितिका सभापति मेहताले बताए । तत्काल भई रहेको कोशी कटान नियन्त्रणको उपाय खोजिने मेहताको भनाई छ । WhatsApp Image 2023-06-29 at 17.14.17

सोही क्रममा नेपाली सेना. कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले विपदको आइपरेको खण्डमा प्रतिकार्य,राहत उद्धारका लागी नेपाली सेनाको कृष्णदल गणले तयारी अवस्थामा रहेको जानकारी गराएका छन ।

 पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलङ्का टापु क्षेत्रमा समेत  कटान सुरु गर्न थालेको स्थानीयहरुको गुनासो रहँदै आएको छ । 

सप्तकोशी नदिले पुर्बतर्फ कटान गरे पछि हजारौ परिवार बाढिको त्रासमा रहेका छन् । कटान नियन्त्रणको काम गर्दै आएको भारतको बिहार सरकारले कटान भई राख्दा कुनै चासो देखाएको छैन ।

 सप्तकोशी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, कोसी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कङकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा रहेका छन् ।