इटहरी । इटहरी उपमहानगरपालिकाको विभिन्न वडाहरुमा हालै गठन गरिएका जेष्ठ नागरिक वडा समितिका पदाधिकारीहरुसंग जेष्ठ नागरिक नगर समन्वय समिति इटहरीले अनुभव आदान प्रदान सहितको अभिमुखिकरण सम्पन्न गरेको छ ।

 जेष्ठ नागरिक नगर समन्वय समिति इटहरीको आयोजनामा अनुभव आदान प्रदान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

  जेष्ठ नागरिक सभाहल पचरुखीमा आयोजना गरिएको अभिमुखिकरण नगर समन्वय समितिका अध्यक्ष पुण्यप्रसाद न्यौपानेको  अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा भएको थियो ।IMG_20230628_134506_1 सो क्रममा जेष्ठ नागरिकहरुले आफनो जीवनका भोगाईका क्रममा विभिन्न पक्षहरु साथै सामाजिक विकास लगायतमा आफुहरुले संगालेका अनुभावहरु आदान प्रदान गरेका थिए । इटहरी उपमहानगरपालिका वडा स्तरमा जेष्ठ नागरिक वडा समिति वडा नम्बर १,२,७,८,९,१०,११,१३,१४,१५ र १८मा गठन भई सकेका छन । अन्य वडाहरुमा पनि क्रमशः गठन गरिने समेत सो अवसरमा जानकारी गराइयो ।

 कार्यक्रममा जेष्ठ नागरिक समाज इटहरीका अध्यक्ष कणवहादुर कार्की उपाध्यक्ष गंगाप्रसाद दाहाल जेष्ठ नागरिक समन्वय समिति इटहरीका उपाध्यक्ष तुलाराम दंगाल,कोषाध्यक्ष मुक्ती निरौला , सहसचिव हरिप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो ।