इटहरी । हरेक वर्ष मनसुनका समयमा हुँदै आएको मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै सुनसरीमा नेपाली सेनाको कृष्णदल गणले विपद् जोखिम न्युनिकरण र व्यस्थापन सुनसरी जिल्ला एकिकृत अभ्यास हातेमालो ५  सम्पन्न गरेको छ ।

    सरोकारवालाहरुको सहभागितामा कृष्णदल गणमा  छलफल सहितको काल्पनिक कथामा आधारित भएर टेवुल अभ्यास गरिएको हो ।

नेपाली सेनाले राष्ट्रिय विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा जोड दिदै विभिन्न तहमा एकीकृत अभ्यासहरु गर्दै आए अनुसार सुनसरीमा पनि विभिन्न संघ सस्थाका सरोकारवालाहरुसंग समन्वय , छलफल , उद्धार खोज राहत वितरण देखि लिएर पुनरस्थापना कसरी गर्ने भन्ने विषयमा केन्द्ति भएर काल्पनिक कथामा अभ्यास गरिएको कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले वताए । गणपति लामाले अभ्यासले मनसुनले निम्त्याउन सक्ने विपदमा सामुहिक रुपमा समन्वय र सहकार्य गरेर विपद प्रतिकार्यमा परिचालन हुन सहजता ल्याउने समेत जानकारी दिए ।WhatsApp Image 2023-06-28 at 15.22.43

विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी संस्थाहरुको सहभागितामा भएको विपद् प्रतिकार्य अभ्यास हातेमालो ५ नेपाली सेनाको कृष्णदल गणले सञ्चालन गरेर विपदको समयमा प्रतिकार्यमा सरोकारवालाहरुलाई कसले कसरी काम गर्ने भन्ने विषयमा सहज वनाएको गैरसरकारी संस्था  महासंघ नेपाल सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले  वताए ।

विपदलाई मध्यनजर गरेर अभ्यास मुलक प्रतिकार्य अभ्यासले क्षति न्युनिकरणमा सहयोग पुर्याउने सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे विश्वास गर्दछीन । प्रजिअ पाण्डले प्रत्येक मनसुनको समयमा भौतिक तथा मानवीय क्षति पुर्याउदै आएको वताउदै प्रतिकार्य अभ्यास सहितको सरोकारवालाहरुको छलफलले खोज ,उद्धार ,पुनरस्थापना देखि लिएर मानिसको मृत्यु भएको खण्डमा पाउने राहत पाउन समेत सजिलो वनाउने समेत वताइन ।WhatsApp Image 2023-06-28 at 15.22.38

प्रतिकार्य अभ्यासमा खोज उद्धारका लागि आवश्यक पर्ने सामाग्रीहरु समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा  स्थानीय प्रशासन , स्थानीय तह  सुरक्षा निकायका ,  रेडक्रस सोसाईटी, गैरसरकारी संघ संस्था लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

पहाडि तथा तराई क्षेत्र समेत समेटिएको सुनसरी जिल्लामा मनसुनका समयमा बाढी पहिरोले हरेक वर्ष क्षति पुर्याउदै आएको छ ।WhatsApp Image 2023-06-28 at 15.22.40 (1) 

नेपाल भएर बग्ने सवै भन्दा ठुलो नदी सप्तकोशी पनि सुनसरी जिल्ला भएर समेत बग्ने गरेका कारण पनि मनसुनको समयमा जोखिम क्षेत्रको यो जिल्ला पर्ने गरेको छ ।

 विभिन्न समयमा कोशीले मानव वस्तीमा परेर जनधनको क्षति पुर्याउने गरेका कारण पनि मनसुनको समयमा कोशीलाई जोडेर समेत जोखिम क्षेत्रका रुपमा हेर्ने गरिएको छ ।

कृष्णदल गणका मेजर रुपेश चापागाँईको सम्योजनमा भएको  कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न पालिका,रेडक्रस,गैरसरकारी सस्थाहरुका प्रतिनिधीहरु लाई सहभागिता प्रमाण पत्र वितरण गरिएको थियो ।