इटहरी । किमाथांका रानी त्रिदेशिय व्यापारीक मार्गको सिमा भित्र पर्ने संरचनाहरु खाली गराउने कार्यलाई इटहरी उपमहानगरपालिकाले निरन्तरता दिएको छ ।
सडकको सिमा भित्र वनाइएका संरचना नहटाएका कारण सडक विस्तार कार्य अबरोध हुदै आएको तर्फ मध्यनगर गर्दै संरचना हटाउने कार्यलाई उपमहानगरपालिकाले निरन्तरता दिएको हो ।
उत्तरी छिमेकी मुलुक चिन देखि दक्षिणी छिमेकी मुलुक भारतलाई स्थलमार्गबाट जोड्ने गरी निर्माण भई रहेको किमाथांका रानी त्रिदेशिय व्यापारी मार्ग निर्माण कार्यमा सहयोग पुर्याउन उपमहानगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचनाहरु खाली गराउने कार्यलाई निरन्तरता दिदै आएको छ ।
यही क्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा हटाउन बाँकी रहेका घरहरु पनि हटाइएको छ । यस भन्दा अघि उपमहानगरपालिका केही महिना अघि वडा नम्बर ९मा र वडा नम्बर ६का सडक क्षेत्रमा रहेका संरचनाहरु भत्काएको थियो ।
रानी विराटनगर इटहरी धरान सडक आयोजनाले सडक क्षेत्रमा रहेका संरचना खाली गराउन आग्रह गरे बमोजिम उपमहानगरपालिकाले पटक पटक सुचना जारी गरेर आफै भत्काउने समय दिएर नभत्काइएका संरचना भत्काउने काम गर्दै आएको छ । सडक क्षेत्रमा पर्ने घरहरु भत्काउन आग्रह गरिए बमोजिम धेरै जनाले आफैले समेत भत्काएका थिए ।




















