धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्वर ९ दिलुङटारमा शुक्रबार अपराह्न तमोर नदीले बगाएर एक इन्जिनियर बेपत्ता हुनु भएकाे छ ।

बेपत्ता हुनेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नम्वर ११ लक्ष्मीमार्ग निवासी २३ वर्षीय सिद्धार्थकुमार खत्री रहेको प्रहरीले जनाएको छ । 

मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा दिउँसो करिब साढे ३ बजे उहाँ चिप्लिएर नदीमा झरेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । ईन्जिनियर  गत मंगलबार ६ जना साथीहरुसँग मात्र प्रयोगात्मक अभ्यासका लागि धनकुटा पुग्नु भएकाे थियाे ।WhatsApp Image 2023-06-24 at 17.51.04 ईन्जिनियर खत्री काठमाडौंको थापाथली क्याम्पसमा अध्ययनरत छात्र हुनुहुन्छ ।

नदी किनारमा ढुंगामाथि चढेर नापजाँचको क्रममा खत्री चिप्लिँदा बगाएको प्रत्यक्षदर्शी सुप्रिया जोशीले प्रहरीलाई जानकारी गराएकाे हाे । जोशीसहितको समूह प्रयोगात्मक अभ्यासका लागि पुल निर्माणस्थलमा हुनुहुन्थियाे । 

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजतलास गर्दा पनि उहाँलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।