इटहरी । भगवान जगन्नाथ ,वलदेव र शुभद्रा माहारानी सहितको सुनसरीमा  प्रथम ऐतिहासिक जगन्नाथ रथयात्रा इटहरीमा निकालिएको छ ।

  इस्कोन इटहरी सेन्टर रथ यात्रा समितिको आयोजनामा रथ यात्रा निकालिएको हो । इस्कोन इटहरी सेन्टरबाट निकालिएको रथ यात्रा इटहरीमा मुख्य चौक क्षेत्रहरु परिक्रमा गरी राधाकृष्ण शिव मन्दिरमा पुर्याइयो । रथ यात्रामा विभिन्न सामाजिक संघ सस्था स्थानीय , श्रद्धालु भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको थियो । WhatsApp Image 2023-06-24 at 19.22.02रथ यात्रा  समितिका अध्यक्ष विष्णु रिजालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भिमबहादुर पौडेल र समाजसेव विश्वप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो ।WhatsApp Image 2023-06-24 at 19.14.38 (1)

रथ यात्रामा इलाका प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्ले , सुषमा गोदावरी कलेजका प्राचार्य वोधराज नेपाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । रथयात्रा पछि राधाकृष्ण शिव मन्दिरमा आएर महा आरती , प्रवचन सहित प्रसाद वितरण गरि रथयात्रा समापन गरियो । रथ यात्रामा उल्लेखिय संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।