इटहरी । युवा उद्यमी तथा व्यवसायीहरुको साझा संस्था नेपाली युवा उद्यमी मञ्च सुनसरीको चौंथो वार्षिक साधारणसभाले चन्द्रमणी देवकोटाको अध्यक्षतामा एक वर्षे कार्यकालका लागि ११ सदसिय नयाँ कार्य समिति चयन गरेको छ ।

नयाँ कार्य समितिको प्रथम उपाध्याक्षमा सिद्धार्थ श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राजिव घिमीरेलाई इटहरीको ट्रफ वारमा भएको सम्पन्न चौथो साधारण सभाले चयन गरेको हो ।

  त्यसै गरी सदस्यहरुमा सिनेट रिजाल , उत्सव थापा ,अभिशेक बस्नेत ,आकास दुलाल , राकेश श्रेष्ठ , जिशुव चापागाँई र निशान्त खेडिया रहेका छन । WhatsApp Image 2023-06-24 at 19.23.43

नेपाली युवा उद्यमी मञ्च सुनसरीका निवर्तमान अध्यक्ष सन्तोष आचार्यको अध्यक्षता तथा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रुपेश लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उदघाटन सत्रलाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले युवा उद्यमी व्यवसायीहरुले अग्रजहरुले गर्दै आएको राम्रा कामहरुलाई सिको गर्नु पर्ने र आफुहरुले समेत थप नयाँ अवसरहरु तयार पारेर सफलता हासिल गर्नु पर्नेमा जोड दिएका थिए 

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली ,होटल ब्यवसायी संघका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्य लगायतको सहभाथिता रहेको थियो ।