इटहरी । अविरल वर्षाका कारण पुर्वी पहाडी जिल्ला ओखलढुङ्गमा गएको पहिरोमा परेकाहरुको खोज तथा उद्धार कार्यमा नेपाली सेनाले महत्वपुर्ण योगदान गरेको छ ।
गए राती अविरल वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउने ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ विलन्दु गाउँका चार जनाको शव निकाल्नेकाल्ने काम देखि लिएर घाइतेहरुलाई उद्धार गर्ने कार्यमा नेपाली सेना सहितका सुरक्षाकर्मीहरु खटिएका हुन ।
पहिरोमा पुरिएका ज्यान गुमाउने चम्पादेवी गाउँपालिका वडा नम्बर ८ विलन्दु गाउँका रणवहादुर गुरुङ्ग सहित उनका परिवारका चार जना श्रीमती शिवमाया गुरुङ्ग, छोरा दिनेश गुरुङ्ग र १८ महिने छोरी कृतिका गुरुङ्गको शव नेपाली सेनाको मर्मतमा निकालियो ।
त्यसै गरी पहिरोमा परेका अन्य मानिसहरुलाई समेत नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी लगायतले उद्धार गरी सुरक्षीत स्थानमा अस्थायी वसोवासको व्यवस्था मिलाइएको छ । ओखलढुङ्गा पहिरोका कारण मानविय क्षतिका कारण धेरै नै धनमालको समेत क्षति हुन पुगको छ । पहिरोले घर सहित अन्नपात , भाडाँ , लताकपडा , चौपाया , कुखुरा लगायत पुर्दा यो क्षेत्रका धेरै नै आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसै गरी यही असार २ गते आएको अविरल वर्षापछिको बाढी पहिरोले क्षति पुर्याएका ताप्लेजुङ्ग, पाँचथर , संखुवासभा विभिन्न ठाउँका सडकहरुको अवरोध हटाउने काम समेत नेपाली सेना सहित तीन वटै सुरक्षा निकायको सक्रियतामा गरियो । बाढी पहिरो पिडितहरुको लागि राहत सामाग्री साथै औषधी पुर्याउने काममा समेत नेपाली सेनाले महत्वपुर्ण योगदान पुरयाएको छ ।




















