धनकुटा  । नेपाली कांग्रेस धनकुटाले बिहिबार बाट नयाँ  क्रियाशिल सदस्यता वितरण र  नविकरण गर्ने अभियान शुरु  गर्दै पार्टी प्रवेश गर्नुहुने नेताहरुलाई जिम्मेवारी प्रदान गरेको  छ ।

नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले दुवै क्षेत्रका क्षेत्रिय सभापतीहरु, सातवटै पालिकाका सभापतीहरु र ६० वटै वडाका सभापतीहरुलाई नयाँ र नविकरणका लागी क्रियाशिल सदस्यता फारम हस्तान्तरण गरी क्रियाशिल सदस्यता वितरण अभियान शुरु गरेकाे हाे । नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले पद्रेश सभा निर्वाचन क्षेत्रिय समितिलाई, क्षेत्रिय समितिले पालिका समतिलाई र पालिका समितिले वडा समितिलाई क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नका लागी फारम प्रदान गर्ने व्यवस्था अनुसार सदस्ता वितरण गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।जिल्ला सभापती दिनेश राईको अध्यक्षतमा सम्पन्न उक्त भेला तथा बैठकले एक महिना भित्र क्रियाशिल सदस्यता वितरण र नविकरण अभियान संंचालन गर्ने, मातहतका समितिहरुमा रिक्त रहेका पदहरुको निर्वाचन गराउने, विभिन्न पार्टी परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुहुने नेताहरुलाई नेपाली कांग्रेसको विधान अनुसार जिम्मेदवारी दिएर समायोजन गर्न सवै मातहतका समितिहरुलाई निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

उक्त भेलाले पूर्वी नेपालको ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, इलाम लगायतका जिल्लाहरुमा भरखर गएको बाढी पहिरो बाट पिडितहरुको उद्धार तथा राहतको लागी क्रियाशिल हुने सवै नेता तथा कार्यकर्ताहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । यसका साथै  नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनमुखी बजेट निर्माणकाागि  बैठक गरी सुझाव सहित निर्देशन दिन सवै मातहतका समितिहरुलाई निर्देशन दिर्ने निर्णय गरेको छ ।

अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने जनता समाजबादी पार्टी धनकुटाको उपाध्यक्ष विकास घिमिरे सहितको नेताहरु मध्ये घिमिरेलाई जिल्ला सचिव, राम वहादुर रायमाझीलाई सह सचिव, गजम घिसिङ्गलाई जिल्ला सदस्य र नेकपा एमाले परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने भक्त थापालाई जिल्ला सदस्य र नेपाली कांग्रेसका यूवा नेता डि वि  मोक्तानलाई जिल्ला सदस्यमा मनोनयन गरी जिम्मेवारी दिईएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

 उहाँहरुलाई नेपाली कांग्रेस धनकुटका जिल्ला सभापती दिनेश राई, उपसभापती निर्मल प्रसाद ओझा, जयन्द्र घिसिङ्ग लगायतले पद वहाली गराउनु भएको थियो ।