धनकुटा ।  होटल एशोसिएसन धनकुटाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन धाकुटामा सम्पन्न भएको छ । 

होटल एशोसियसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्टको अध्यक्षता एवं धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन  भएको हो । 

उक्त अधिवेशनको उद्घाटनका क्रममा बोल्नु हुँदै होटल एशोसियसनका जिल्ला अध्यक्ष खगेन्द्र विष्टले १३८ जना होटल व्यावसायिहरूलाई सदस्यता प्रदान गर्दै स्थापना कालदेखि नै विभिन्न आरोह अवरोहको सामना गर्दै आएको बताउनु भयो ।

उहाँले  होटल तथा खाध्य व्यावसायलाई प्राथमिकतामा राखेर  होटल व्यावसायिहरूलाई संगठित गर्दै होटल व्यावसायिहरूलाई तालिम सञ्चालन गरेको जानकारी दिनुभयो ।WhatsApp Image 2023-06-23 at 13.34.52 (1)

होटल ब्यावसायिहरूलाइ विदेश भ्रमण गराउने, पर्यटन ब्यावसायलाई अगाडि बढाउन विभिन्न नयाँ कार्यक्रम अगाडि बढाउने वचन दिनुभयो । बैङ्कले चर्को ब्याज लिएर होटल ब्यावसायिहरूको ढाड सेकेकाले व्यावसायि मारमा परेको, गुणनियन्त्रण कार्यालयसँग समन्वय गरि होटल अनुगमन गरि स्तरिकरण गरेको, 

सेन्सरबाट बल्ने सडक बत्ति समेत सञ्चान गरिएको, धनकुटामा आन्तरिक पर्यटन प्रवद्दनका लागि यातायात कार्यालय ल्याउन पहल गरि ट्रायल सेन्टर समेत सञ्चालनमा ल्याएको, कारागारमा रहेका कैदिबन्दिहरूकालागि डिस एन्टिना र टिभि प्रदान गरेको समेत जानकारी दिनुभयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक कृष्ण कोईराला, पुर्व डिआईजि दिनेश अमात्य,  खाध्य प्रबृधि तथा गुणनियन्त्रण कार्यालय धनकुटाका प्रमुख आन्नद डङ्गोल लगायतको उपस्तिथि रहेको थियो ।