धनकुटा । छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ मा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य सम्बन्धी १ दिने निशुल्क स्वाथ्य शिविरमा ८२ जनाले स्वाथ्य परिक्षण गराउनु भएको छ । 

छथर जोरपाटी गाउँपालिका वडा न ६ को आयोजनामा सञ्चालित उत्त शिविरमा ८२ जनाले सेवा लिएको छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष दिपक गुरुङ्गले जानकारी दिनुभयो । 

छथर जोरपाटी गाउँपालिकाको समन्वय तथा नेपाल परिवार नियोजन संघ जिल्ला शाखा धनकुटा र परेवादिन स्वाथ्य चौकीको प्राविधीक सहयोगमा गरिएको स्वास्थ्य परिक्षणमा भीआइए जाँच ६२ जनाले, इम्प्लान्ट राख्ने २ जना, इम्प्लान्ट झिक्ने ३ जना, स्तन क्यान्सरको जाँच गराउने ५ जना र पाठेघर घसेको परिक्षण १० जनाले गराएको स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।

उक्त सिविरमा पालिका अध्यक्ष छत्र सुब्बा, उपाध्यक्ष गिता गरुङ्ग खेवा, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।