इटहरी । रेडीमेड व्यवसायी संघ इटहरीले इटहरी क्षेत्रका विभिन्न संघ सस्थाको नेतृत्वमा रहेका उद्योगी व्यवसायीहरुलाई एक कार्यक्रमको आयोजना  गरी  बधाई तथा शुभकामना साथै सम्मान गरेको छ । 

    सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीको हाल निर्वाचित कार्य समिति , नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष , संगित चोक बजार व्यवस्थापन समितिलाई सम्मान गरेको हो ।WhatsApp Image 2023-06-22 at 16.30.27

  रेडीमेड व्यवसायी संघ इटहरीका अध्यक्ष विनोद चोच्छेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भिमबहादुर पौडेल , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली सहितको टिम , संगित चौक बजार व्यवस्थापन समितिका उपाध्यक्ष ज्ञानेन्द्र कोइरालालाई सम्मान गरेको छ ।WhatsApp Image 2023-06-22 at 16.30.32

त्यसै गरी  नेपाल रेडक्रस सोशाइटी इटहरी उपशाखाका अध्यक्ष दिनेशकुमार भट्ट्राईलाई समेत सम्मान गरिएको हो । 

कार्यक्रममा होटल व्यवसायी संघका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्य,रेडीमेड व्यवसायी संघ इटहरीका निवर्तमान अध्यक्ष सिताराम सपकोटा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।