धनकुटा ।  धनकुटा नगरपालिका र चौविसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण गरिएको छ । 

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिले एक कार्यक्रमका साथ धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौविसे गाउँपालिकालाई आप्रवासी सुचना कक्ष हस्तान्तरण गरेको हो । 

सुरक्षित बैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाको लागि समृद्धि आयोजनाले केहि बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र ईलाका प्रशासन कार्यालय राजारानीमा यो केन्द्र तथा सुचना कक्ष सञ्चालन गरिरहेको थियो ।  सम्बन्धित पालिकासँको साझेदारीमा सञ्चालन भईरहेको यो केन्द्र अव समृद्धिले छोडेर पालिका कै पूर्ण स्वामित्वमा सञ्चालन गर्ने गरि हस्तान्तरण गरिएको समृद्धि आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाँइले जानारी दिनुभयो । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग र चौविसे गाउँपालिकाका उपाध्यक्ष टंकमाया पाङ्मी मगरलाई समृद्धि आयोजनाका प्रमुख गुरागाँइले आप्रवासी स्रोत केन्द्र हस्तान्तरण पत्रका साथमा हस्तान्तरण विवरण पुस्तिका प्रदान गर्दै आप्रवासन केन्द्र स्तान्तरण गर्नुभएको हो । IMG_20230622_115827 3

कार्यक्रममा केन्द्र तथा सुचना कक्षकालागि आवश्यक प्रोजेक्टर सहितका सामाग्री पनि धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुबेदी र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाललाई हस्तान्तरण गरेको हो ।  सोहि अवसरपारेर उत्कृष्ट कार्यसम्पादन गरेबापत आप्रवासी स्रोत केन्द्र धनकुटाका सुचना अधिकृत मञ्जु राई, परामर्शकर्ता ओमकुमारी ढुङगाना सुशिला र आप्रवासी सुचना कक्ष राजारानीका सुचना सहायक सुरेन्द्र लिम्बुलाई प्रशंसा पत्रले सम्मान गरिएको छ । 

सोहि अवसरमा बोल्नुहुदै बैदेशिक रोजगारकालागि ठुलो सङ्ख्यामा युवाहरु विदेश जाने गरेकाले उहाँहरुलाई समस्या रहित रोजगारीको वातावरण निर्माण गर्न आप्रवासी स्रोत केन्द्रले भुमिका निर्वाह गर्ने नगरप्रमुख तामाङको भनाई छ ।IMG_20230622_115804 2 युवायुवतीलाई भरसक स्वदेश मै रोजगारीको ब्यवस्था गर्ने तथा स्वरोजगार बन्न प्रोत्साहन गर्ने नगरपालिकाको अभियान भईरहेको भन्दै नगरप्रमुख तामाङले विदेश नै जान चाहनेलाई पनि सहयोग पुर्याउन आप्रवासी केन्द्रलाई नगरपालिका मातहत ल्याईएको जानकारी दिनुभयो । 

धनकुटामा गत २०७५ पुष २२ गतेबाट शुरु गरिएको यस केन्द्रबाट रोजगारीको खोजीमा रहेका युवाहरुलाई स्वदेशी रोजगारी, स्वरोजगार सम्बन्धी सुचना तथा जानकारी दिने र विदेश नै जान चाहनेलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सुचना दिने उद्धेश्यका साथ स्थापना गरिएको यस संस्थाले विदेशमा समस्या परेमा उद्धार गर्ने र विदेशमा मृत्यु तथा अङ्गभङ्ग भएका व्याक्ति वा आफन्तलाई राहात प्रदान गर्न सहजकिरण गर्ने, वैदेशिक रोजगारका क्रममा ठगिएकाहरुलाई क्षतिपुर्ति तथा न्याय प्रदान गर्ने लगायतका काममा सक्रिय रहदै आएको  छ ।