इटहरी । अपागंता भएकाहरुलाई विभिन्न किसिमका तालिम प्रदान गरे रोजगारी उपलव्ध गराउदै आएको द लेप्रोसी मिसन नेपालको फाउण्ड परियोजनाले इटहरीका होटल व्यवसायीहरुसंग सम्भावित रोजगार विषयक अन्तरक्रिया गरेको छ ।
होटल व्यवसायी संघ इटहरीको समन्वयमा फाउण्ड परियोजनाले पर्यटन तथा होटल व्यवसायीहरुसंग सम्भावित रोजगार विषयमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रियामा इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका होटल व्यवसायीलाई आवश्यक पर्ने कामदारको विषय आवश्यकता र कामको प्रकृति अनुसारको तालिम प्रदान गरेर फाउण्ड परियोजनाले जनशक्ति उपलव्ध गराउन सकिने विषयमा छलफल भएको होटल व्यवसायी संघ इटहरीका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्यायले जानकारी दिए । उनले अपागंता भएकाहरुलाई रोजगारी दिलाउने विषयमा संघले प्रयत्न गर्ने वताए ।
अपागंता भएकाहरुलाई विभिन्न किसिमको तालिम प्रदान गरेर रोजगार वनाउने कार्यमा सहयोग पुर्याउदै आएको फाउण्ड परियोजनाले राष्ट्रिय अपागं महासंघ कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसंग समन्वय गरेर अपागंता भएका नेपालीहरुलाई रोजगारीमा जोड्ने काम गर्दै आएको छ ।
यही क्रममा सुनसरीको इटहरीमा होटल व्यवसायमा आवश्यक पर्ने सक्ने कामदारका विषयमा छलफल भएको र आफुहरुले केही समय अघि हस्पिटालिटी मेनेज्मेन्टको तालिम सञ्चालन गर्दा सहभागी १७ जना अपागंता भएका मध्ये १३जनाले रोजगारी पाएको तर्फ मध्यनजर गर्दै इटहरीका होटल व्यवसायीसंग छलफल गरिएको द लेप्रोसी मिसन नेपालका प्रवन्धक विपीन दासले बताए ।
परियोजनाले हाल सम्म १सय ६९ लाई स्वरोजगार वनाउन सफल भएको साथै ८९ जना विभिन्न औपचारिक क्षेत्रका काम गर्न थालेको समेत जनकारी दिए ।




















