इटहरी । नौं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीका विद्यार्थीले योगका विभिन्न आसनहरु प्रर्दशन गरेका छन ।

     अध्ययनका साथै समय सन्र्दभ अनुसारका चाड पर्व तथा अवसरहरुमा विभिन्न कार्यक्रम विद्यार्थीको सहभागितामा गराउदै आएको विश्व आर्दश एकेडेमीले योग दिवसको अवसर पारेर योग आसनहरु प्रर्दशन गरेको हो ।

    सो अवसरमा विद्यार्थीले सामुहिक रुपमा योगाभ्यासको प्रर्दशन गरेका थिए । विद्यार्थीले राजकपोल आसन , धनु आसन , कटिमोड आसन ,एकल आसन , शान्ति पाठ लगायत प्रर्दशन गरेका थिए । WhatsApp Image 2023-06-21 at 16.53.51कार्यक्रममा एकेडेमीका प्राचार्य गणेश दुलाल , अग्रज पत्रकार कृष्णविनोद लम्साल , पतन्जल योग शिक्षक डा.आर्यन दाहाल, पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य जिपी तिवारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।  

   इटहरीमा रहेको विश्व आर्दश एकेडेमीमा अध्ययनरत विद्यार्थीले  शैक्षिक नजिता राम्रो ल्याउने गरेका छन भने योग,खेलकुद , अन्य सामाजिक कार्य लगायतका अतिरिक्त क्रियाकलापमा समेत यस क्षेत्रमा सक्रियताका साथ सहभागिता जनाउदै आएको छ ।