इटहरी । कोशी प्रदेशका पहाडी जिल्लामा वर्षासँगै आएको बाढी पहिरोमा परी हालसम्म ८ जनाको मृत्यु भएको प्रादेशिक आपतकालिन सञ्चालन केन्द्रले जनाएको छ ।
असार २ गते परेको अविरल वर्षाका कारण भएको जनधनको क्षति तथा उद्धारको विवरण सार्वजानिक गर्न पुर्वी पृतना हेडक्वाटरमा आयोजित पत्रकार सम्मेलन गरेर जनकारी दिएको हो ।
यस्तै बाढी तथा पहिरोबाट हालसम्म २७ जना बेपत्ता र ३ जना घाइते भएको सो अवसरमा जानकारी गराएको थियो ।
४३ वटा घर भत्किएको,२९ वटा पुलमा क्षती,२६ वटा गाडी,१ मोटसाइकल,५ जेसिबि र १७ हाइड्रोपावरमा क्षती पुगेको जनाइएको छ । १६ सडक अवरुद्ध भएकोमा सडक अवरुद्ध खुलाउने साथै प्रभावित क्षेत्रमा राहत उद्धार,आवस्यक सामाग्रीहरुको ब्यवस्थापन तिब्र रुपमा अगाडी बढाएको जनाइएको छ । 
बाढी गए लगत्तै पृतना हेडक्वाटरमा पिइओसी स्थापना गरि विपत् उद्दार तथा खोज तलास कार्यको लागि समन्वय तथा संचालन गरि खोज तलासको लागि सप्तकोशी नदिको चतरा तथा प्रकाशपुर ईलाकामा फौज तैनाथ गराएको जनाइएको छ ।
युनिटहरुमा खोज तथा उद्दार कार्यको लागि आवश्यक उपकरणहरु सहित थप फौज तयारी अवस्थामा राखिएको पनी सो अवसरमा जानकारी गराइएको छ । खोज तथा उद्धारतर्फ नेपाली सेनाको हेलिकप्टरद्धारा याङ्गबरक गाउँपालिका च्याङ्गथापुबाट १० जना पहिरो पिडितहरुलाई उद्धार गरिनुका साथै सिदिङ्ग गाउँपालिका ७ मेहेलेबाट १ जना घाईतेलाई उद्धार गरिएको सो अवसरमा जानकारी गराइएको हो । 
नेपाली सेनाको हेलिकप्टरद्धारा राहतको लागि ३७५ के.जि. (२२ प्याकेट) औषधी र त्रिपाल २५ गोटा सिदिङ्ग गा.पा. ६को लागि ढुवानि गरिनुका साथै ताप्लेजुङ्ग सिदिङ्ग गाउँपालिका ६ मेहेलेमा पहिरोमा परि मृत्यु भएका २ वटा शव झापाको चारआलिमा आफ्mन्तलाई बूझाइएको जनाइएको छ । यस्तै २११ विस्थापित परिवारका ८१० सदस्यलाई स्थानान्तरण गरी सुरक्षित स्थानमा सारिएको समेत जानकारी गराएको छ । सुरक्षा निकायको आपसी समन्वय र सहकार्यमा बाढी प्रभावीत क्षेत्रमा उद्धार कार्य तिब्र रुपमा भइरहेको बताउँदै नेपाली सेना पुर्वी पृतनापती उपरथी डाक्टर आशबहादुर तामाङले आइपर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रतिकार्यका लागी प्रादेशिक आपतकालिन सञ्चालन केन्द्र तैनाथ अवस्थामा रहेको पनी बताए । 
भौगोलिक बिकटताका वावजुद बाढी पहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद व्यवस्थापन समीती तथा स्थानिय पालिकासँगको समन्वयमा राहात तथा उद्धरको काम भइरहेको छ भने भत्किएका संरचना पुननिर्माण तथा अवरुद्ध सडकहरु चाँडै व्यवस्थापनमा लागेको बताए ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीका कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी पोखरेल, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक कृष्ण खनाल र आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अर्जुन निरौला लगायतको सहभागिता रहेको थियो ।




















