धर्मदेवी । पुर्वी पहाडी जिल्ला संखुवासभाका व्यवसायिक तरकारी किसानहरुले सरकारले अर्गानिक उत्पादनलाई प्रोत्साहन नगरेका कारण आफुहरुका उत्पादनले मुल्य पाउन नसकेको गुनासो गरेका छन ।

      धर्मदेवी नगरपालिका वडा नम्बर ३ टाकुरेका किसानहरु अहिले आलु भित्र्याएर कोबी लगायतका तरकारीहरु लगाउने तयारीमा रहेका छन । तर मिहिनेत अनुसार आफुहरुका अर्गानिक उत्पादनले मुल्य पाउन नसकिरहेको किसानहरु गुनासो गर्दछन ।

     पुर्वी नेपालमा भारतीय क्षेत्रबाट भित्रने विषादी र अधिक रासायीनिक मल प्रयोग गरिएका तरकारीसंग अर्नानिक तरकारीले प्रतिस्पर्धा गर्न नसकिरहेको धर्मदेवी नगरपालिका वडा नम्बर ३ टाकुरेकी किसान रेनुकामाया गुरुङ गुनासो गर्दछीन । उनले किसानहरुलाई स्थानीय सरकारले खासै केही नगरेको र स्थानीय देखि केन्द्र सरकारले समेत प्रविधी लगायतमा सहयोग गरे उत्पादन वढाउन सकिने वताइन ।vlcsnap-2023-06-20-17h28m51s002

पुर्वी पहाडी जिल्लामा उत्पादित अर्गानिक आलु लगायतका तरकारीहरु स्वादिलो हुने भनेर तराई तिरका मानिसहरुले समेत फाटफुट माग गर्ने गरेपनि व्यवसायिक रुपमा बजार पाउन नसकिरहेको किसानहरु गुनासो गर्दछन ।

   यहाँका किसानहरु प्रविधि तालिम विउ विजनमा अनुदान साथै प्राकृतिक प्रकोपले समेत क्षति पुरयाउने हुँदा बालीको विमा गरिदिने व्यवस्था भए किसानहरुका लागि राम्रो हुने वताउछन ।

पुर्वी पहाडी क्षेत्रमा आलु, कोबी , बन्दा कोबी , टमाटर , मटरकोसा ,पर्सी जस्ता तरकारीहरुको उत्पादन राम्रो हुने गरेको छ ।