अमेरिकाको टेक्ससस्थित टाइलरमा शनिवार भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ भने चार जना नेपाली घाइते भएका छन्। दुर्घटनामा परी ३४ वर्षीय सिर्जन ज्ञवाली र ११ वर्षीय बालक इमेज कार्कीको मृत्यु भएको छ। उनीहरू सवार पिकअपलाई ट्रकले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा परी दिनेश कार्की , गङ्गा कार्की , इभान कार्की र सृजन प्याकुरेल घाइते भएका हुन् । प्याकुरेलको अवस्था सामान्य रहे पनि अन्य तीन जनाको अवस्था भने गम्भीर रहेको जनाएको छ ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक इमेज टेक्ससमा व्यवसाय गर्दै आएका दिनेश र गङ्गाका छोरा हुन् भने मृतक ज्ञवाली कार्की परिवारको स्टोरमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।




















