इटहरी । कोशी प्रदेशका पर्यटन ,वन तथा  वातावरण मन्त्री बुद्धिकुमार राजभण्डारीले कोशी गाउँपालिकामा प्रदेश सरकारले निर्माण गर्दै आएको मत्सयगन्धा फनी पार्कको निरिक्षण गरेका छन ।

   प्रदेश सरकारको १४ करोड १०लाख लागतमा सभाहल, स्वीमीगंपुल, क्याटन्टीन , वाटर फाउण्डेशन लगायतका रहने फन पार्कको निर्माणको अवस्थाका विषयमा मन्त्री राजभण्डारीले अनुगमन गरेका हुन ।

 अनुगमनका क्रममा काम राम्रो गराउन कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीलाई मन्त्री राजभण्डारीले निर्देशन दिदै काम कमजोर गरिए मन्त्रालयका सचिव तथा मन्त्रीलाई जानकारी गराउन नभए मिडियामा बोलेर भएर पनि काम राम्रो गराउनु पर्नेमा जोड दिए ।

प्रदेश सरकारले निर्माण गराउदै आएको फन पार्क निर्माण कार्य ३४ महिनामा सक्ने गरी विके ओआई प्रतिक्षा जोया एण्ड ब्रदर्स जेभीले गर्दै आएको छ ।WhatsApp Image 2023-06-17 at 18.22.59

  प्रदेश सरकारले निर्माण गर्दै आएको पन पार्क योजना अनुसार निमार्ण सम्पन्न भए कोशी टप्पुमा आउने पर्यटकहरुका लागि समेत आकर्षण वढ्ने कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारी वताछन । उनले यो पार्कले पर्यटन प्रवद्र्धनका लागि ठुलो योगदान पुर्याउने समेत जानकारी गराए ।

प्रदेश सरकारले पर्यटकीय गन्तव्यको विकास गर्ने लक्ष्य सहित मत्सयगन्धा फनी पार्क निर्माण कार्य गराउदै आएको र यो पार्क लामो बाटो यात्रा गरेर आउनेहरुलाई समेत आराम गर्न उपयुक्त हुने मन्त्री विश्वास सार्थ प्रदेश सरकारले निर्माण गराउदै आउको वताए । उनले प्रदेश सरकारले फन पार्क निर्माणका लागि १४करोड १०लाख लागत रहनेमा हाल ५ करोड बरावरको खर्च भई सकेको समेत मन्त्री राजभण्डारीले जानकारी गराए ।

  मत्सयगन्धा फनी पार्क कोशी गाउँपालिकाको वडा नम्बर ६र ७को पुर्वपश्चिम राजमार्गसंगै जोडिएको क्षेत्रमा निर्माण कार्य हुदै आएको छ । मन्त्री सहित अनुगमनमा मन्त्रालयका सचिव डा.सञ्जीव कुमार राई , योजना प्रमुख कुलदिप यादव , सहायक अधिकृत सोमेश दास, लेखा अधिकृत पेम्वा शेर्पा , मन्त्रीका स्वकीय सचिव हर्क राई लगायत रहेका थिए ।