इटहरी । जिउँदा इतिहास जेष्ठ नागरिकहरुका अनुभव तथा भोगाईलाई आधार वनाएर भविष्यका कर्णधार बालवालिकालाई असल र नैतिकवान वनाउन सहयोग पुगोस भन्ने उद्धेश्यले सुनसरीको इटहरीमा जेष्ठ नागरिकसंग वालवालिकाको अन्तरक्रिया गरिएको छ ।
जेष्ठ नागरिक नगर समन्वय समितिको आयोजना र नगर वाल सञ्जालको समन्वय तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा जेष्ठ नागरिकसंग वालवालिकाको अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा जेष्ठ नागरिक र वालवालिकाको स्वभाव , जेष्ठ नागरिक मैत्री परिवार र वालवालिका ,वैयत्रिक स्वतन्त्रता , खानपान रहनसहनका विषयमा केन्द्रित भएर अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रियामा टेव वहादुर मोक्तान , गोमा सिहं, रोहित दुलाल , मानवहादुर चौहान ,विरवहादुर लिम्बु लगायतले सहजिकरण गरेका थिए ।
जेष्ठ नागरिक नगर समन्वय समितिका अध्यक्ष पुण्य न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख भोजकला दवाडी , वडा नम्बर ८का वडा सदस्य धु्रव आचार्य ,जेष्ठ नागरिक नगर समन्वय समितिका उपाध्यक्ष तुलाराम दंगाल, नगरवाल सञ्जालकी संयोजक सविना तिम्सिना लगायतका अतिथीहरु रहेका थिए । कार्यक्रममा जेष्ठ नागरिक तथा वालवालिका गरि कुल ६० जना वढीको सहभागिता रहेको थियो ।




















