इटहरी । निर्वाचन प्रकृयाका विषयमा विद्यालयहरुलाई प्रयोगात्मक अभ्यासका रुपमा क्याप्टेन तथा भाइस क्याप्टेन छान्दै आएको सुनसरीको इटहरीमा रहेको मकालु बोडिङ स्कुलले यस वर्ष पनि निर्वाचनबाट छानेको छ ।
विद्यार्थी अवस्थामै निर्वाचनका सबै प्रकृयाहरुको जानकारी गराउने उद्धेश्य सहित मकालु वोडिङ स्कुलले विद्यालयमा क्याप्टेन तथा भाइस क्याप्टेन छान्दै आएको हो ।
कोरोनाकाल यस निर्वाचन प्रकृया अवलम्वन गर्न नसकिए पनि विगत देखि नै निर्वाचनबाट स्कुलमा क्याप्टेन र भाइस क्याप्टेन छनौट गरिदै आएको स्कुलका प्रिन्सिपल थानेश्वर ढकाल नेलशनले वताए ।
उनले सामाजिक शिक्षा अन्तरर्गत विद्यार्थीको नेतृत्व विकासका लागि चुनावी प्रकृयाहरु गराउदै आएको जानकारी दिए ।
निर्वाचन प्रकृयाका लागि उमेदवार रहेका विद्यार्थीहरुले मतदाता विद्यार्थीहरुसंग मत माग्ने , लाइनमा वसेर मतदान गर्ने लगायतका निर्वाचन प्रकृयामा सहभागिता जनाएका थिए ।




















