इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यका लागि व्यायमको महत्वलाई मध्यनजर गर्दै सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा खुल्ला व्यायमशालाहरु एक पछि अर्काे सञ्चालनमा ल्याइएको छ ।

यही क्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बराह टोलमा नगरक्षेत्रको ६अ‍ैं खुल्ला व्यायमशाला सञ्चालनमा ल्याइएको छ ।

   इटहरी उपमहानगरपालिकाको ५लाख ७४हजार अनुदान र उपभोक्ता लागत ८१हजार समेतको लागत रहेको व्यायमशालाको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।WhatsApp Image 2023-06-16 at 10.19.06

   इटहरीका नागरिकहरुलाई स्वस्थ्य वनाउने उद्धेश्य सहित खुल्ला व्यायमशालाहरु सञ्चालनमा ल्याउने कार्य गरिदै आएको र हाल नगरक्षेत्रमा ६वटा खुल्ला व्यायमशाला रहेकोमा यस वर्ष २५ वटा खुल्ला व्यायमशाला सहित पार्क निर्माण गर्ने योजना अघि वढाइएको समेत नगरप्रमुख पौडेलले जानकारी गराए ।WhatsApp Image 2023-06-16 at 10.18.41 (1)

वडा नम्बर ५ बराह टोलको खुल्ला व्यायमशालाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा इटहरी उपमहानगरपलिका वडा नम्बर १का वडाध्यक्ष रतन कार्की , वडा नम्बर ५का भिष्म घिमीरे , बराह टोलका अध्यक्ष सञ्जीव कटुवाल , स्थानीय समाजसेवीहरु विक्रम घिमीरे , डिल्ली भण्डारी ,कुलबहादुर निरौला लगायतको सहभागिता रहेको थियो ।