सुनसरी ।    डिभिजन वन कार्यालय सुनसरीको अनुगमनमा आएका कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री वुद्धिकुमार राजभण्डारीलाई डिभिजन प्रमुख धर्मनाथ यादवले वन क्षेत्रमा फलफूलका विरुवाहरु लगाउने साथै  वितरण गरिदै आएको र डिभिजन वन कार्यालयले गरेको काम बारे जानकारी गराएका थिए । 

गरिएको जानकारी गराएका हुन ।

  अनुगमनका लागि आएका मन्त्री राजभण्डारीले डिभिजन प्रमुखलाई जनताका काम सहज रुपमा पारर्दशी ढंगले गर्न निर्देशन दिए ।

 सो क्रममा मन्त्री राजभण्डारीले जिल्लाको वन क्षेत्रका गतिविधिहरुका विषयमा जानकारी लिएका थिए । सो क्रममा डिभिजन प्रमुखले वन जंगल क्षेत्रबाट वाहिर आएर हात्ती , बाँदर लगायतका जनावारहरुले मानव वस्तीमा जनधनको समेत क्षति पुर्याउदै आएको जानकारी गराएका थिए ।

वन जंगल क्षेत्रबाट मानव वस्तीमा आएर जंगली जनावरले क्षति पुर्रयाउदै आएको तर्फ मध्यनजर गर्दै डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रमा फलफूलका विरुवाहरु रोप्ने कार्य गर्दै आएको छ । WhatsApp Image 2023-06-16 at 18.38.31जंगली जनावरहरु आहारको अभावमा मानव वस्तीमा पस्ने र क्षति पुर्याउने हुँदा जंगल क्षेत्रमै रोक्नका लागि फलफूलका विरुवाहरु लगाउने गरिदै आएको मन्त्रीलाई जानकारी गराए ।

   मन्त्री राजभण्डारीले कार्यालयका अनुगमन गरेका थिए । मन्त्री सहित अनुगमनमा मन्त्रालयका सचिव डाक्टर सञ्जीव कुमार राई , योजना प्रमुख कुलदिप यादव , सहायक वन अधिकृत सोमेश दास, लेखा अधिकृत पेम्वा शेर्पा , सोखिय सचिव हर्क राई लगायत रहेका थिए ।vlcsnap-2023-06-16-18h41m51s319

 डिभिजन वन कार्यालयले विभिन्न किसिमका विरुवाहरु जनतालाई वितरण गर्दै आएको समेत सो अवसरमा जानकारी गराईयो । सुनसरीमा बराहक्षेत्र नगरपालिका , धरान उपमहानगरपालिका , रामधुनी नगरपालिकामा ठुला  वन क्षेत्र रहेका छन ।