इटहरी । यौनिक तथा लैङगीक अल्पसंख्यक समुदायहरुको गौरवमय महिना जुनलाई केन्द्रीत गरी सुनसरीको इटहरीमा पनी र्याली गरेर मनाएको छ ।
आइतवार प्रदेश स्तरीय गौरव महिना २०२३ र्याली तथा दिप प्रज्वलन गरी मनाइएको हो । निलहिरा समाज इटहरीको आयोजना तथा राईट हेयर राईट नाउ र इटहरी उपमहानगरपालीको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा निलहिरा समाजको कार्यालयदेखी आर्मी क्याम्प हुँदै इटहरी चौक,बसपार्क सहीत पुन पश्चिम लाईन सम्म र्याली परिक्रमा गरेको थियो ।
इटहरीको टेम्पु स्टेण्ड परिसरमा कोणसभामा परिणत भएको थियो । 
सो अवसरमा बोल्दै इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता कुमारी चौधरीले सुभकामना व्यक्त गरेकी थिइन ।
कार्यक्रममा निलहिरा समाज काठमाडौंकी कार्यक्रम अधिकृत रूविना तामाङ, आम्दा नेपालबका सुरेशकुमार चौधरी,प्रयास महिला समूहकी अध्यक्ष प्रितिमाया सुब्बा,महिला सहयोगी समूहकी अध्यक्ष बिमला मल्ल ठकुरी,लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू ,परिवर्तनशिल समाज कार्यक्रम संयोजक मुस्कान श्रेष्ठ, सहयोगी समाज सप्तरीका प्रदिप लामिछाने साथै नेपाल प्रहरी , ट्राफिक प्रहरी लगायतको सहभागिता रहेको थियो ।




















