इटहरी । गुणस्तरिय स्वास्थ्य सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले स्थानिय स्तरमा विभिन्न स्वास्थ्य संस्थाहरु सञ्चालनमा आउने क्रम जारी छ । स्थानिय स्तरमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले इटहरी १२ खनारमा निलकमल हेल्थ सेन्टर प्राइभेट लिमिटेडको उद्घाटन गरी सेवा सुरु गरिएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्नेृ अभिप्रायका साथ ४ जना युवाहरुले सञ्चालनमा ल्याएकोमा उक्त अस्पतालको एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले उद्घाटन गरेका हुन ।
यस हेल्थ सेन्टरबाट जेनरल ओ पी डी सेवा,विशेषज्ञ ओ पी डी सेवा,२४ सै घण्टा इमर्जेन्सी सेवा,दैनिक गर्भवती जाँच सेवा, भिडियो एक्स रे सेवा साथै डिजिटल एक्स रे,प्याथाृेलोजी , इ सी जी मुटुको जाँच सेवा उपलब्ध गराइने सो अवसरमा जानकारी गराइयो ।
यसका अलावा दैनिक नाक घाँटी जाँच,परिवार नियोजन सम्बन्धी परामर्श,जेनरल सर्जरी तथा प्लास्टर यस्तै अक्सीजन तथा नेबुलाइजर,रेबिज बिरुद्धको खोप सेवा,दैनिक होल बबडी चेक अप लगायत दैनिक थाइराइड ,डाइवेटीज तथा व्लड प्रेसरको जाँच सेवा उपलब्ध गराइने गरी अस्पताल सञ्चालनमा ल्याइएको छ । सिमग्र देशकै स्वास्थ्य अवस्था नाजुक भइरहेको अवस्थामा राज्यले गम्भीर भएर स्वास्थ्य नीती ल्याउनुपर्ने बताउँदै कोशी प्रदेश सभा सदस्य रोहीत कार्कीले नीजी क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा गरीएको लगानीले स्वास्थ्य सेवाको पहुच वीस्तार गर्न सहज हुने बबताएका छन । औधोगीक करीडोरको रुपमा रहेको खनार क्षेत्रमा ८० प्रतीशत न्युन आय भएका मजदुरहरुको बसोवास रहेको हुँदा यस क्षेत्रमा देखीएको स्वास्थ्य संस्थाको अभावलाइ पुरा गरेको उनले बताएका छन ।
खनार क्षेत्रमा देखिदै आएको स्वाूथ्य समस्यालाइ मध्यनजर गर्दै त्यहाँका वासिन्दा उपचारका लागी धरान र बिराटनगर धाउनु नपरोस भन्ने उद्धेश्यले स्थानीय वासीन्दाको स्वास्थ्य हितका लागी सो हेल्थ सेन्टर प्राली सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक अमित कुमार सरदारले बताएका छन । उनले २४ सै घण्टा इमर्जेन्सी र फर्मेसी सेवा उपलब्ध हुनेपनी सो अवसरमा जानकारी गराए ।
यसरी विभिन्न स्थानमा स्वास्थ्य संस्था खोलेर जनता माझमा सेवा पुर्याउने कार्य सरहनिय रहेको बताउँदै सेवाग्राहीले सेवामुलदक र नाफाममुलक तवरबाट यसु प्रकारका संस्था सञ्चालन भए सेवाग्राहीलाइ सहज हुने उनीहरुको भनाइ छ ।
हेल्थ सेन्टर प्रा ली मा बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सुमित घिमिरे,छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिलिप चौधरी,सर्जन विशेषज्ञ डाक्टर नारायण बस्नेत,हाड जोर्नी तथा बाथ ।रोग विशेषज्ञ डाक्टर रमेश बस्नेत लगायत विभिन्न क्षेत्रका १२ जना विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ ।




















