इटहरी । सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायी एकता संघ इटहरी कार्यसमीतीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । 

शनिवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा संघको दोस्रो साधारण सभा सम्पन्न भएको हो । 

सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायी एकता संघ इटहरी कार्यसमीतीको अध्यक्ष अमित कुमार झाको अध्यक्षता तथा घरेल्ु तथा साना उद्योग कार्यलय प्रमुख हरीप्रसाद लामीछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायको अवस्था र उद्योगी व्यवसायीको समस्याका विषयमा चर्चा गरिएको थियो । साधारणसभाले रमादेव चौधरीको अध्यक्षतामा सर्व सम्मतले नयाँ कार्यसमीती चयन गरेको छ । WhatsApp Image 2023-06-10 at 18.40.52

उपाध्यक्षमा अमित कुमार झा,विष्णु प्रसाद बास्तोला,सचिवमा अकवर अली,कोषाध्यक्ष सविता कुमारी चौधरीलाई चयन गरेको छ । 

यस्तै सहसचिवमा सुरेन्द्र कालीकोटे,सदस्यहरुमा रबिन भण्डारी,प्रदिप बिष्ट,मुलजार महम्मद, शान्ता बहादुर विश्वकर्मा,मोहम्मद रसुल,रामप्रसाद चौधरी ,पुर्ण बहादुर राई गरी १३ सदस्यीय कार्यसमीती चयन गरिएको निर्वाचन अधिकृत मुकुन्द न्यौपानेले जानकारी दिए ।WhatsApp Image 2023-06-10 at 18.40.54 बिना अनुमती रुपमा ग्रील स्टिल उद्योग सञ्चालन गर्दै आएकाहरुलाई दर्ता प्रकृयामा ल्याइने साथै दर्ता प्रकृयामा नआएको खण्डमा कानुनी दायरामा ल्याई सरकारलाई राजश्व संकलनमा सहयोग गर्ने कार्य समीतीको प्राथमिकतामा रहने संघका नवनिर्वाचित अध्यक्ष रमादेव चौधरीले बताए । 

सो अवसरमा ग्रील तथा आलमुनियम क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई आवश्यक सुरक्षा सामाग्री इन्चीटेप, पञ्जा र चश्मा पनी वितरण गरिएको थियो ।WhatsApp Image 2023-06-10 at 18.40.53 कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली,इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्ले,उद्योग वाणिज्य संघका उपाध्यक्ष विष्णु नारायण डाँगी लगायत उद्योगी व्यवसायी, ग्रील तथा आलमुनियम क्षेत्रमा कार्यरत कर्मचामरीहरुको सहभागीता रहेको थियो ।