इटहरी  । ज्येष्ठ नागरीकहरुलाइ आखाँमा समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै लायन्स क्लव अफ धरान बुढासुब्बाले निःशुल्क आखाँ परिक्षण शिविरआयोजना गरेको छ । 

इटहरी ६ मा रहेको ज्येष्ठ नागरिक समाजमा आबद्ध रहेका ज्येष्ठ नागरिक हरुका लागी निःशुल्क आखाँ परिक्षण शिविर आयोजना गरिएको हो । बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा चस्माको पावर जाँच,आँखाको अवस्था जाँच गरिएको थियो । सामाजिक उत्तरदायीत्व अन्तरगत क्लवले इटहरीमा रहेका ज्येष्ठ नागरीकलाइ आँखा परिक्षण गराएर मोतीयाविन्द्ुका बिरामी देखा परेमा क्लवको सहकार्यमा अस्पतालले निःशुल्क अप्रेसन गरिने आयोजक संस्थाकी अध्यक्ष शान्ता राईले जानकारी दिइन । WhatsApp Image 2023-06-09 at 18.50.52 (1)

को अध्यक्षता तथा लायन्स क्लव ३ २ ५ का डीस्ट्रीक गभर्नर धिरज गुरुङको प्रमुख आतीथ्यतामा आयोजित शिविरमा १ सय भन्दा बढीले सेवा लिएका थिए । सो अवसरमा इटहरी ६ का वडा अध्यक्ष दिवस पोखरेल, ज्येष्ठ नागरिक समाज इटहरीका अध्यक्ष खगेन्द्र प्रसाद निरौला,जोन चेयर पर्सन प्रेमराज शाक्य,कानुनी सल्लाहकार मान भगत चाम्लिङ लगायतको सहभागीता रहेको थियो ।WhatsApp Image 2023-06-09 at 17.30.58

यसैगरी सुनसरीको धरानमा रहेको पुर्वाञ्चल क्याम्पसमा जेनेरल हेल्थ क्याम्पको आयोजना गरिएको छ ।

 रगत समुहको बारेमा जानकारी होस भन्ने उद्धेश्यले लियो क्लव अफ धरान बुढासुब्बा,लायन्स क्लव अफ धरान बुढासुब्बा र स्वतन्त्र विद्यार्थी युनियन र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानको संयुक्त आयोजजनामा शिविर सञ्चालन गरिएको हो । नेपाल स्टुडेन्ट्स एसोसिएसन अफ माइक्रो बायलोजी र नेपाल स्टुडेन्टस एसोसिएसन अफ न्युट्रीओनिस्ट एण्ड डाइटिटिक्सको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको लियो क्लव अफ धरान बुढासुब्बाका सचिव प्रथक अग्रवालले जानकारी दिए । सो शिविरबाट विश्वविद्यालयका विद्यार्थी,शिक्षक आसपासका वासिन्दा लगायत गरी ३ सय ६५ जनाले सेवा लिएका थिए ।