इटहरी । माया घर नेपालको दोश्रो बिशेष  साधारण सभाले सुभद्रा प्याकुरेलको अध्यक्षतामा नँया कार्यसमीती चयन गरेको छ । बिभिन्न कारण वस सडकमा कस्टकर जिवन बिताउदै आएका मानिसहरूलाइ उद्धार गरी नयाँ जिवन प्रदान गर्दै आएको माया घर नेपालको दोश्रो बिशेष  साधारण सभाले प्याकुरेलको अध्यक्षतामा नयाँ समीती पाएको हो ।

समितीको उपाध्यक्षमा सुशिला सिटौला र राधिका थापा कार्र्की, सचिव  सुमी थापा , सह–सचिव  योशा गुरागाँइ , कोषाध्यक्ष  लक्ष्मी बराल , र सदस्यहरूमा अञ्जना कुमारी विष्ट , सरस्वती कुमारी शर्मा , सुनिता कुमारी सुवेदी खनाल,अजिता सुवेदी , रिता मिश्र सुवेदी सर्वसम्मतले चयन भएकाका हुन ।WhatsApp Image 2023-06-08 at 18.38.53 (1)

सो अवसरमा संस्थाकि संस्थापक संरक्षक अध्यक्ष राधिका दाशीले माया घर नेपाल स्थापना भएदेखि अहिले सम्म कुल ४ हजार बढी मानिसलाइ सडकबाट उद्धार गरी समाजमा पुनःस्थापना तथा परिवारहरूसंग पुर्ण मिलन गराएको प्रतिवेदन पेश गरेकी थिइन । आफ्नो कार्य ब्यस्तताका कारण संस्थाको नेतृत्व अरूलाइ हस्तानतरण गरेपनि संस्थापक तथा संरक्षक भने हाफै रहने उनले सो अवसरमा जानकारी गराइन । WhatsApp Image 2023-06-08 at 18.38.53 (2)

सो अवसरमा  गएको आर्थीक वर्षको २०७९ । ८० सुरूभएदेखि २०८० बैशाख मसान्त सम्म माया घर नेपालले कुल ७२ लाख ४५ हजार १ सय ४१  आम्दानी गरेको र त्यसमा ५५ लाख १३ हजार ५ सय १ खर्च भएको प्रतिवेदन पेश गरिएको थियो । बिशेष साधारण सभाकै अवसर पारेर माया घर नेपालले संस्थाको गतिविधिहरूलाइ समेटेर तयार पारेको म्युजिक भिडियो पनि सार्वजनिक गरेको थियो । करीब ८ मिनेटको म्युजिक भिडियोमा सडकमा रहेका मानिसहरूलाइ उद्धार गर्दा संस्थाले झेल्नु परेका चुनौतीहरुलाइ समेटीएको छ । 

कार्यक्रम प्रदेश संसद रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघ,सस्थाका प्रतिनिधीहरुको सहभागिता रबहेको थियो ।