इटहरी । गर्मीका कारण जनजीवन प्रभावित वनी रहेको समयमा सुनसरीको इटहरीमा सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी सहित स्वास्थ्य प्ररिक्षणको व्यवस्था मिलाइएको छ ।

    इटहरी उपमहानगरपालिका नजिकै पुर्वेली क्लव इटहरी र पुर्वेली समाज इटहरीले पानी पिउने व्यवस्था मिलाएको हो  भने इन्खा एकीकृत अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।Pani  (4)

  गर्मीको समयमा मानिसहरुमा विभिन्न खाले स्वास्थ्य समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै स्वास्थ्य परिक्षण सहित स्वास्थ्य परामर्श सेवा निशुल्क रुपमा उपलव्ध गराएको इन्खा एकीकृत अस्पतालका सञ्चालक, डाक्टर खगेन्द्र ओलीले जानकारी दिए ।WhatsApp Image 2023-06-07 at 15.12.40

 गर्मीका कारण मानिसहरु अत्यावश्यक काम वाहेक बाहिर निस्कन छोडेपनि वाध्यताले निस्कने मानिसहरुलाई सहज रुपमा चिसो पानीको व्यवस्था मिलाएर सर्वसाधारणका लागी सहज वनाउन पुर्वेली क्लवका अध्यक्ष झलक वन र पुर्वेली समाजका अध्यक्ष राजेश भण्डारी लगायतका भियान्ताहरुले पानीको ब्यवस्था मिलाएका हो । गर्मीको समयमा काम विशेषले बजार आउदा सहज रुपमा पानी पिउन समेत नपाउदा मानिसहरुलाई थप समस्या हुने गर्दछ ।