संखुवासभा । धार्मिक पर्यटकहरुको रोजाईमा पर्ने संखुवासभाको मनकामना मन्दिर क्षेत्रमा देशविदेश देखि श्रद्धालु भक्तजनहरु आउने गरेपनि सार्वजनिक शौचालयको अभाव रहदै आएको थियो  । 

त्यसैलाई मध्यनजर गर्दै श्री भैरवी दल गुल्म खाँदबारीले सार्वजनिक शौचालय निर्माण कार्य सुरु गरेको छ ।

     मन्दिर क्षेत्रमा शौचालय नभएका कारण टाढा टाढाबाट आउने आगन्तुक श्रद्धालु भक्तजनहरु शौचालय प्रयोग गर्नका लागि झाडी खोज्नु पर्ने वाध्यता अन्त गर्ने उद्धेश्यले खाँदवारी नगरपालिकाको सहयोग र श्री भैरवी दल गुल्म खाँदबारीका सेनाहरुको श्रमदानमा हाल मन्दिर क्षेत्रमै सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो ।

  मनकामना मन्दिरमा दर्शन गर्न साथै  पुजाअर्चनाका लागि देश विदेशबाट समेत ठुलो संख्यामा धार्मिक पर्यटकहरु आउने गरेका छन ।

मन्दिर क्षेत्रमा शौचालय नभएका कारण श्रद्धालुभक्तजनहरुलाई समस्या हुने गरेको इटहरीबाट आएका पर्यटक डिल्ली भण्डारीले  वताउनु भयो ।vlcsnap-2023-06-03-12h22m50s891

आन्तरिक तथा वाह्य पर्यटकहरु धेरै आउने गरेपनि शौचालय नभएका कारण वाहिर वाहिर जानु पर्ने अवस्था रहदै आएको तर्फ मध्यनजर गर्दै खाँदवारी नगरपालिकाको सहयोग र नेपाली सेनाको भैरवीदल गुल्मको श्रमदानमा शौचालय निर्माण हुँदै आएको संचालनमा आएपछी सहज हुने मन्दिर व्यवस्थापन समितिका सदस्य सागर तामागं बताउनु हुन्छ  ।

मन्दिर क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई समस्या नहोस भनेर शौचालय निर्माणमा सहयोग गर्दै आएको र एक महिना भित्रमै निर्माण पुरा गरी मन्दिर व्यवस्थापन समितिलाई हस्तातरण गर्ने योजना रहेको भैरवी दल गुल्म खाँदबारीका गुल्मपती सेनानी लक्ष्मण खड्काले जानकारी दिनुभयो  ।