धनकुटा । फोटोग्राफी तथा भिडियो इडिटिगंका क्षेत्रमा सञ्चारकर्मीहरुलाई अझ दक्षता प्रधान गर्ने उद्धेश्यले धनकुटामा सात दिने फोटोग्राफी तथा भिडियो इडिटिगं सम्वन्धी तालिम सञ्चालन भई रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको उद्यम विकास तथा रोजगार कार्यक्रम अन्तरगत फोटोग्राफी तथा भिडियो इडिटिगं सम्वन्धी तालिम सञ्चालन भई रहेको हो ।
फोटो पत्रकार महासंघ धनकुटाको समन्वयमा सञ्चालित तालिममा धनकुटाका २०जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।
विहिबारबाट सञ्चालन गरिएको उक्त तालिम आगामी बुधबार समापन हुने घरेलु तथा साना उध्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले जानाकारी दिए ।
फोटो पत्रकार महासंघका निवर्तमान अध्यक्ष ध्रुव आले र सन्तोष चौधरीले तालिममा सहजिकरण गरिरहेका छन । तालिममा फोटो र भिडियो खिच्ने तरिका देखि सम्पादन सम्मका विषयवस्तुहरु समावेश गरिएको छ ।




















