इटहरी । अहमदिया संघ नेपाल सुनसरी मोरगं सर्कलको आयोजनामा सुनसरीको खनारमा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको छ ।

    अहमदिया संघ नेपालले इटहरी उपमहानगरपालिका वडा नम्बर ११मा विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको हो ।

   शिविरमा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ तथा आसपासका क्षेत्रका १सय ६०जनाको आँखा परिक्षण गरिएकोमा ३० जनाको मोतियाविन्दुको अप्रेसन गर्नु पर्ने अवस्था रहेको र  अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर अलीले जानकारी दिए । WhatsApp Image 2023-06-01 at 21.28.42

मोतियाविन्दुको अप्रेसन गर्नु पर्नेहरुको विराटनगर आँखा अस्पतालमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए । कार्यक्रम अहमदिया संघ नेपाल मोरगंका इन्र्चाज सज्जाद अहमदको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ११का वडाध्यक्ष केशव कोइरालाको प्रमुख आतिथ्यमा भएको थियो । WhatsApp Image 2023-06-01 at 11.51.51कार्यक्रममा अहमदिया संघ नेपालका केन्द्रिय उपाध्यक्ष मोहमद स्माईल, सुनसरी मोरगं सर्कल इञ्चार्ज शेख सलाउद्धिन लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।