धनकुटा । सकारात्मक सोचका साथ मानव जीवनलाई सफल वनाउने संदेश फैलाउदै आएको आत्मज्ञान प्रचार संघ धनकुटाको आयोजनामा श्री भीमदल गण सल्लेरी ब्यारेकमा आत्मज्ञान सम्वन्धी कार्यक्रमको आयोजना गरेको छ।

       आत्मज्ञान प्रचार संघ धनकुटाको आयोजनामा सञ्चालन गरिएको सफल जीवन जिउने विषय केन्द्रित प्रेम रावतको भिडियो संदेश प्रस्तुत गरिएको हो ।

   आत्मबल वृद्धिका साथै सकारात्मक सोचको विकास गरी जीवनलाई सफल वनाउन सकिने विषयमा आधारित भिडियोले मनोवल वृद्धि गर्न प्रेरणा दिदै आत्मबल वढाउन मद्धत गर्ने श्री भीमदल गण सल्लेरी ब्यारेकका गणपति प्रमुख सेनानी सुमन थापाले वताउनु भयो । 

उनले आत्मबल र आत्म भरोसा वढाउन यस प्रकारका कार्यक्रमहरुले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । WhatsApp Image 2023-06-02 at 15.50.51

मानव जीवनलाई सफल वनाउन प्रेरणा दिने यस प्रकारको कार्यक्रमहरुको महत्व धेरै रहेको तर्फ मध्यनजर गर्दै आफुहरुले विभिन्न ठाउँहरुमा यस प्रकारको कार्यक्रमहरु आयोजना गर्दै आएको प्रमुख अभियान्ता इश्वर अकेला श्रेष्ठले जानकारी गराउनु भयो  ।

 श्री भीमदल गणले नियमित कार्यक्रम अन्तरगत ब्यारेकमा सकारात्मक सोचका साथै राजयोग सम्वन्धी ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाले लगायतले समेत कार्यक्रमहरु गरको पनी गणपति प्रमुख सेनानी थापाले जानकारी गराउनु भयो । 

कार्यक्रममा अभियान्ताहरु विनिता श्रेष्ठ, जिवन श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।