सुनसरी   प्राकृतिक तथा मानव सृजित विपद्का कारण वर्षेनी हुने जनधनको क्षतिलाई न्युनिकरण गर्ने उद्देश्यले प्रदेश स्तरिय विपद् प्रतिकार्य संयुक्त अभ्यास मनसून-३ कार्यक्रम सम्पन्न गरेको छ ।     वर्षायाम सुरु हुन लागेको समयमा बाढी तथा डुवानबाट हुने सम्भावित जोखिम न्युनिकरण गर्न विपत प्रतिकार्यको सिमुलेसन अभ्यान गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा सप्तकोशी नदी चतरामा विपत प्रतिकार्यको कृतिम अभ्यास गरिएको हो । श्री पुर्वी पृतना हेडक्वाटर इटहरी ,कोशी प्रदेश प्रहरी कार्यलय ,शशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय पकली र नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश समितीको सहकार्यमा बाढीबाट हुन सक्ने सम्भावित क्षती न्युनिकरणका लागी खोज उद्धारको कृतिम अभ्यास गरिएको हो । IMG_20230530_173536अभ्यास कार्यक्रममा पानीको बोतल,केराकाथाम लगायत स्थानिय स्तरमा उपलब्ध हुने  स्रोत साधनको उपयोग गरेर इम्प्रोभाइज फ्लोटिङ डिभाइस मार्फत जोडेर ,पानीको सतहमा नगइ बाहिरबाट डोरी फालेर गरिने ड्राइ रेस्क्यु सम्भव नभएको अवस्थामा प्रशिक्षित जनशक्तीले र्याफ बोटको सहायताले लाइफ ज्याकेट लगाएर गरिने टेक्निकल  रेस्क्यु त्यसमा पनी घटेकाबेला मोटरबोटको सहायताले कसरी उद्धार गरिन्छ भनी अभ्यास गरिएको थियो ।IMG_20230530_163254 केही समय अघी अरुण तेस्रोमा आएको बाढीले स्थानीयहरुलाइ प्रभाव परेको तर्फ मध्यनजर गर्दै उक्त सप्तकोशीमा विपद व्यवस्थापन प्रतिकार्य कृतिम अभ्यास मनसुन ३ आयोजना गरिएको नम्बर २ बाहीनी सहायक रथी वाहिनीपती महेश कुमार थापाले बताएका छन । उनले बाढीको समय हुनसक्ने सम्भावित क्षती न्युनीकरण साथै क्षमता पहिचान र अन्य सुरक्षा निकाय,पालीकाहरुको समन्वयमा घाइतेलाइ उद्धार,प्राथमिक उपचार तथा  नजिकैको स्वास्थ्य संस्थासम्म लैजाने कृतिम अभ्यास गरिएको जनाएका छन । IMG_20230530_175428
वर्षाको समय पहाडका नदीहरुमा पानीको वहाव बढ्दा हुन सक्ने मानविय तथा भौतिक क्षती न्युनीकरण गर्न सुरक्षा निकायले गरेको योगदान सम्मानजनक रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो वर्ष वर्षाको समय हुनसक्ने सम्भावित क्षति न्युनीकरणका लागी लगनशिल भएर पुर्व तयारीमा लाग्न सुरक्षा निकायलाइ आग्रह गरेका छन । उनले कोशी प्रदेशको आउँदो निती कार्यक्रम तथाबजेटका माध्यमबाट पनी विपद व्यवस्थापनलाइ उच्च प्राथमिकतामा राखीने प्रतिबद्धता व्यक्त गरे ।                IMG_20230530_175406                                            ठुलो पहिरो बाढी गएको बेला भौतिक संरचनाहरु ध्वस्त भएको अवस्थामा तल खोचबाट डोरी लगाएर बाटो बनाइ बिरामीलाइ माथी निकालीने अभ्यास अन्तरगत बाढीले बगाउँदै गएको व्यक्तीलाइ पुलबाट डोरीको सहायताले स्टेचर बनाएर माथी लगिएको जस्था अभ्यास गरिएको थियो । बाढीले डुवाइ फेला नपरेको व्यक्तीलाई  खोजी गर्न पानीको सतह मुनी गएको व्यक्तीलाई गोताखोर टोलिले उद्धार गरेको सम्बन्धी अभ्यास सो अवसरमा गरिअएको हो । प्री मनसुनको समय गरिएको उक्त अभ्यास विपदको समय प्रभावकारी सावित हुने अनुमान गरिएको छ ।       अभ्यास कार्यक्रममा बराहा नगरपालिकाका मेयर रमेश कार्की , सुनसरी जिल्ला प्रशासन प्रमुख जिल्ला  अधिकारी  हुमकला पाण्डे,      पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी आश बहादुर तामाङ  पिएच. डी,श्री नं. २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेश कुमार  थापा,श्री नं. १८ वाहिनी अड्डाढा वाहिनीपति सहायक रथी सन्तोष राज पाण्डे ,श्री नं. २९ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी धन बहादुर थापा, श्री कृष्ण दल गण सुनसरीका गणपति प्रमुख सेनानी  अमित लामा , श्री भिमदल गण सल्लेरी ब्यरेकका गणपति प्रमुख सेनानी  सुमन थापा तथा  पूर्वी पृतना हे. क्या अन्तर्गतका ७ वटा युनिटहरूको सभागिता रहेकोे थियोे ।