इटहरी । सौन्दर्य कला व्यवसायी संघ सुनसरीले आफ्नो १६ वार्षिक उत्सवको अवसरमा इटहरीमा रहेको रामजानकी वृद्धाआश्रम परिसर क्षेत्र सरसफाई तथा खाद्यान्न वितरण गरेर वार्षिक उत्सव मनाएको छ ।
सौन्दर्य कला व्यवसायी संघ जिल्ला कमिटी सुनसरी र नगर कमिटी इटहरीले संयुक्त कार्यक्रम गरी रामजानकी वृद्धाश्रममा आश्रय लिरहेका १२ जना वृद्धाहरुको सरसफाई गराइदिनुका साथै आवस्यक खाद्यान्न उपलब्ध गराएको हो ।
संघले वृद्धा आमाहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु समेत उपलब्ध गराएको थियो । 
वृद्धाहरुलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै संघमा आबद्ध १० जना प्रतिनीधीहरुले आफुले जानेको सीप प्रयोग गरी वृद्धा आमाहरुलाई कपालमा कलर लगाइ श्रृगार गर्दै दैनिकी उपभोग्य वस्तुहरु उपलब्ध गराएको संघका जिल्ला कमिटी अध्यक्ष बिजु बैनी श्रेष्ठले जानकारी दिइन । 
संघले हर्लिक्स,विस्कुट,जुस,सेम्पु,सावुन,तेल,सब्जी लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराउनुका साथै बिहानको एक छाक खाना खुवाएर उत्सव मनाएकोे हो ।
कार्यक्रममा जिल्ला सचिव दिपा कार्की,इटहरी नगर अध्यक्ष निर्मला बस्नेत लगायतको सहभागीता रहेको थियो ।




















