इटहरी । नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका सम्मेलन एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

  इटहरी उपमहानगरपालिका समितिका कार्यवाहक सभापति बालकृष्ण विष्टको अध्यक्षता तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यमा नगर सम्मेलन आयोजना गरिएको हो ।

   नगर सम्मेलनका बक्ताहरुले पार्टीलाई मजवुत वनाउन गुटउपगुटको मानसिकता त्यागेर एक जुट भएर अघि वढ्नु पर्नेमा जोड दिए । विगतका निर्वाचनमा जिल्लामा पार्टीले हासिल गरेको नतिजाबाट पनि अझ संगठन विस्तार र एकतावद्ध भएर अघि वढ्नु पर्ने संदेश दिएकोमा समेत वक्ताहरुले जोड दिए ।349612523_3621261878151594_4911156070043690175_n

 कार्यक्रममा पुर्व राज्यमन्त्री सिताराम मेहता , जिल्ला सभापति केदार भण्डारी लगायतले वोलेका थिए । कार्यक्रममा नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगं , नेपाली काँग्रेसका प्रदेश सदस्य दिपक गौतम लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।