इटहरी । भारतमा निर्मित महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको एक्सयुभि पुर्वी नेपालका उभोक्ताहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा नयाँ पिक्स बा्रण्डेडका सबै श्रृंखलाका सवारी साधन उपलव्ध हुने गरी शोरुम सञ्चालनमा ल्याइएको छ ।
नेपालमा अग्नि गु्रपले भित्रिएका नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका सवरी साधन उपलव्ध हुने गरी सञ्चालनमा ल्याइएको शोरुमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुल , उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्रकुमार शाह र अग्नि गु्रपका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरेका हुन ।
नेपाली उपभोक्ताहरुको लागि उपयुक्त रहकेो महिन्द्रा कम्पनीका एक्सयुभि ७सय र एक्सयुभि ३ सय नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुम स ञ्चालनमा आएपछि पुर्वी नेपालका मोटर गाडिका उपभोक्ताहरुलाई सहज हुने अग्नि गु्रपका प्रवन्धक क्याबिनेट श्रेष्ठले वताए । उदघाटन कार्यक्रममा अग्नि ग्रपका इटहरी विक्रेता रोयल अटो इन्टरप्राजेजका किरण भट्टराईले इटहरी तथा आसपासका ग्राहकहरुलाई अधिकतम सुविधा र किफायति रुपमा कम्पनीका उत्पादनहरु उपलव्ध गराउने जानकारी गराए ।
नयाँ भेरियन्टमा भित्रिएका एक्सयुभी ७ सय र एक्सयुभी ३ सय मात्र नभएर महिन्द्राका अन्य उत्पादनहरु समेत विक्रि विरतण गरिने सो अवसरमा जानकारी दिए ।




















