इटहरी । आफनै कार्यसमितिको उपाध्यक्ष उमेदवार रहेको अवस्थामा उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षले मतदान नगरेको लगायतका कारण देखाउदै रेडिमेड व्यवसायी संघ इटहरीका एघार जनाले सामुहिक राजिनामा दिएका  छन ।

   उद्योग वाणिज्य संघ इटहरी निर्वाचनमा रेडिमेड व्यवसायी संघ इटहरीका उपाध्यक्ष वुद्धिकान्त सुवेदीलाई वस्तुगत कोटाको सदस्यमा उमेदवार वनाउने तथा वस्तुगत तर्फ संघका अध्यक्षले मतदान गर्ने निणर्य गरेकोमा अध्यक्ष विनोद चोछेले सुवेदीलाई मतदान नगरेको लगायतका कारण देखाउदै उपाध्यक्ष सुवेदी लगायत एघार जनाले राजिनामा दिएका हुन ।346143123_1195843694436200_5192380576069532432_n

    निर्वाचनका क्रममा सुवेदीलाई मतदान नगरेको मात्र नभएर विद्यान सम्वत ढंगबाट अध्यक्ष नचलेको , पटकपटक विद्यान सम्वत चल्न आग्रह गर्र्दा समेत नमानेर गल्ती दोहोर्याई रहेको लगायतका कारणले आफुहरुले सामुहिक राजिनामा दिएको महासचिवलाई पठाएको राजिनामा पत्रमा उल्लेख गरिएको छ । यसरी राजिनामा दिनेहरुमा उपाध्यक्ष नगेन्द्र बहादुर विष्ट , सचिव दामोदर रिमाल , सदस्यहरु महेन्द्र गुरागाई , अरुणा थापा , सुमन भट्टराई लगायत रहेका छन ।