इटहरी । जेष्ठ नागरिकहरुलाई राज्यले दिएको अधिकारहरुका विषयमा जानकारी साथै सन्ततीहरुले गर्नु पर्ने कतव्य विषय केन्द्रित कानूनि सचेतना कार्यक्रम इटहरीमा आयोजना गरिएको छ ।

  राष्ट्रिय जेष्ठ नागरिक समाज केन्द्रीय कार्यालयको आयोजना तथा इटहरी उपमहानगरपालिकाको समन्वयमा जेष्ठ नागरिक कानूनि सचेतना कार्यक्रम गरिएको हो ।

   इटहरी उपमहानगरपालिका वडा नम्बर ४का वडाध्यक्ष भक्त लामाको प्रमुख आतिथ्य तथा राष्ट्रिय जेष्ठ नागरिक समाज कोशी प्रदेश इञ्चार्ज खेमराज मरासिनीको अध्यक्षतामा भएको कानूनि सचेतना कार्यक्रममा जेष्ठ नागरिकसंग सम्वन्धित कानूनी विषयवस्तुमा सहजिकरण गरिएको थियो ।WhatsApp Image 2023-05-22 at 15.52.35

    इटहरी क्षेत्रका जेष्ठ नागरिकहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा कानूनी विषयका साथै सन्ततीहरुले आफना अभिभावक जेष्ठ नागरिकहरुलाई गर्नु पर्ने दायित्वका विषयमा समाजका केन्द्रीय अध्यक्ष  चन्द्रकान्त अर्याल , उपाध्यक्ष राम पौडेल र केन्द्रीय सदस्य बालाराम ज्ञवालीले सहजिकरण गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली लगायतको सहभागिता रहेको थियो । WhatsApp Image 2023-05-22 at 15.52.36