इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले आफ्नो नवौँ अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । शनिवार इटहरी स्थित लायन्स क्लवको भवनमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीको अध्यक्षता तथा संघिय सांसद एवम् पुर्व सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सप्तकोशी टेलिभिजनका समाचार प्रमुख कृष्ण भट्टराई साथै सप्तकोशी टेलिभिजनका धरान सम्वाददाता विनय प्रधानलाई पण्डित छविलाल वलमाया पोखरेल स्मिृती पत्रकारिता पुरस्कारबाट नगद दश हजार सहित सम्मान गरिएको छ ।
यस्तै गोविन्द खेमकुमारी स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका पुर्व सभापती एवम राष्ट्रपती रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल र अनिता विन्दुलाइृ पनी नगद सहित सम्मान गरिएको हो । 
त्यस्तै याम प्रधान स्मुती पत्रकारिता पुरस्कारबाट भिषण राई,गिरीराज आचार्य शिर्जनशिल पत्रकारिता पुरस्कारबाट अर्जुन सुवेदी,पदमकेशर कार्की स्मृती पत्रकारिता पुरस्कारबाट कला चापागाँई,सिर्जनशिल युवा पत्रकारिता पुरस्कारबाट टोमराज मेहता साथै पण्डित छविलाल वलमाया पोखरेल स्मिृती पत्रकारिता पुरस्कारबाट पारस राई,आशिष कुमार यादवलाई नगद सहित सम्मान गरिएको हो । 
कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रीय सदस्य राजिव कोईराला,राजिव ढुङगाना,नेपाल प्रेस युनियन केन्द्रिय अध्यक्ष शिवप्रसाद लम्साल,नेपाली काङग्रेस सुुनसरी जिल्ला सभापती केदार भण्डारी,नेपाल प्रेस युनियनका पुर्व सभापती एवम राष्ट्रपती रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल लगायत नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
नयाँ कार्यसमितीका सम्पुर्ण पदाधिकारी सर्वसम्मत चयन हुन नसकेका कारण निर्वाचन समितीले सुचना जारी गरेर आइतवार विहान ८ बजे सम्मका लागी निर्वाचन प्रकृया स्थगित गरेको जनाएको हो ।




















