इटहरी । वर्षायाममा हरेक वर्ष बाढी तथा डुवान प्रभावित वन्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिकामा विपद प्रतिकार्य तालिम तथा अभ्यास कार्यक्रम गरिएको छ ।

   नेपाली सेनाको कृष्णदल गण तथा इटहरी उपमहानगरपालिकाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य तालिम तथा अभ्यास गरिएको हो ।

   तालिम तथा अभ्यासमा बाढीको समयमा अपनाउनु पर्ने सर्तकता , वाढी पिडितलाई उद्धार ,खोज तथा व्यवस्थापन , आगलागी नियन्त्रण लगायतका विषयमा नेपाली सेनाका अशोक गुरुगले सहजिकरण गरेका थिए । WhatsApp Image 2023-05-19 at 19.14.57 (1)विपद् प्रतिकार्य तालिममा इटहरी उपमहानगरपालिका २०वटै वडाका जनप्रतिनिधि, कर्मचारी , विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकार्य तालिम तथा अध्यास कार्यक्रम कृष्णदल गणका गणपति सेनानी ढलकबहादुर मोक्तानको प्रमुख अतिथ्य तथा इबटहरी उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख दिवश पोखरेलको अध्यक्षतामा भएको थियो ।

  सो कर्मक्रममा बाढी लगायतका विपद्को प्रतिकार्य अभ्यास समेत गरिएको थियो ।