इटहरी । शिक्षकहरुलाई उद्योषण कलामा दक्षतामा प्रदान गर्ने उद्धेश्यले नेपाल शिक्षक संघ इटहरी उपमहानगर समितिले उद्घोषण तालिम तथा सम्ममान कार्यक्रमकोे  आयोजना गरेको छ ।

  नेपाल शिक्षक संघको ३४औं स्थापना दिवसको अवसर पारेर संघको इटहरी समितिले जिल्लाका विभिन्न पालिका क्षेत्रमा अध्यापन गर्दै आएका ६० जना शिक्षक शिक्षिकाको सहभागितामा तालिमको आयोजना गरेको हो ।

   तालिममा नेपाली काँग्रेस सुनसरीका सचिव समेत रहेका प्रशिक्षक विरेन्द्रकुमार शाहले सहजिकरण गरेका थिए। WhatsApp Image 2023-05-19 at 19.02.42नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णको अध्यक्षता तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर समितिको दोस्रो अधिवेशन सफल वनाउन महत्वपुर्ण योगदान गरेको भन्दै मिनु न्यौपाने र गोपाल पराजुलीलाई सम्मान गरियो । त्यसै गरी शिक्षक सेवा आयोगबाट विभिन्न तहमा उत्तिर्ण गरेर जिल्लाका विभिन्न ठाँउमा नियुक्ती पाएका स्थायी शिक्षकहरुलाई  समेत सम्मान गरिएको थियो ।WhatsApp Image 2023-05-19 at 19.02.41

 कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव ज्योति कोइराला , नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष वेणु सिग्देल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।