इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर सुनसरीको इटहरीमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा भएको रक्तदान कार्यक्रममा २सय २८जनाले रक्तदान गरेका छन ।

   उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा वुल्स ऐलेभेन , किवानीज क्लव इटहरी , रोटरी क्लव अफ इटहरी , इटहरी जेसिज ,इटहरी लेडिज जेसिज लगायतका संघ सस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २सय २८जना महिला पुरुषले रक्तदान गरेका हुन ।

  उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रममा वोल्दै राउतले रक्तदान कार्यक्रमले मानिसहरुलाई जीवन वचाउन महत्वपुर्ण योगदान पुर्याउने देखि लिएर उद्योग वाणिज्य संघले गर्ने यस प्रकारका कार्यक्रमले उद्योगी व्यवसायीहरुलाई एक जुट वनाउने वताए ।WhatsApp Image 2023-05-17 at 17.50.22 (1)

नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्काले रगत आफैले वनाउन नसकिने तथा विज्ञानले समेत वनाउन नसकेको कारण उपचारका लागि आवश्यक पर्ने रगत दान गर्ने कार्य पवित्र भएको वताइन ।

रक्तदान कार्यक्रमका साथै विभिन्न कार्यक्रम गर्दै आएको उद्योग वाणिज्य संघ इटहरीले दुई महिनाको अवधिमा उद्योगी व्यवसायीहरुको हकहितका लागि १९वटा कार्यक्रम आयोजना गरेको अध्यक्ष जिवन पराजुलीले जानकारी गराए । उनले उद्योगी व्यवसायीहरुले वुझाउने कर राजस्वको २५ प्रतिशत मात्र उद्योग व्यवसायको क्षेत्रमा खर्च गर्नेहरु भने उद्योगी व्यवसायीको हकहितका क्षेत्रमा महत्वपुर्ण योगदान पुग्ने समेत वताए ।

उद्योग वाणिज्य संघ इटहरीका आश्रीत चापागाईको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो । नेपाल रेडक्रस सोसाइटी रक्तसंंचार केन्द्र धरानमा संकलन हुने रगत मध्ये ४०प्रतिसत इटहरी बाट मात्र संकलन हुने तथ्यांक रहेको छ ।