इटहरी । मुख्य चौक तथा बस स्टेन क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण वाहिरबाट आउने मानिस तथा अन्य मानिसहरु समेत शौचालयका लागि इटहरीमा अर्काको घरको भित्ता तथा खाली ठाउँको खोजिमा भौतारिने वाध्यता केही हद सम्म अन्त भएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक शौचालय बस स्टेन क्षेत्रमा नभएका कारण यात्रु तथा अन्य मानिसहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै पुर्व बस स्टेनमा सार्वजनिक शौचालय वनाएपछि केही हदमा यो समस्या हल भएको हो ।  

      पुर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको पुर्वबस स्टेसन क्षेत्रमा सार्वजनिक शौचालय थिएन । यहाँ आउने यात्रु , टिकट काउण्टरका कर्मचारी तथा यातायात मजदुर लगायतले समस्या भोग्दै आएका थिए ।

शौचालय जानु पर्ने अवस्थामा यहाँ आइपुग्दा यात्रु तथा अन्य मानिसहरुलाई अर्काको घरको वरिपरी वा झाडी भएको ठाउँ खोज्नु पर्ने वाध्यता रहेको थियो । त्यसैलाई मध्यनजर गर्र्दै उपमहानगरपालिकाले खानेपानी डिभिजन कार्यालयले उपलव्ध गराएको जमिनमा सार्वजनिक शौचालय निर्माण गरेको छ ।WhatsApp Image 2023-05-03 at 15.21.43 (1)

      उपमहानगरपालिकाले निर्माण गरेको सो  सार्वजनिक शौचालयको एक कार्यक्रमका विच नगरप्रमुख हेमकर्ण पौडेलले उदघाटन गरेपछि इटहरी क्षेत्रमा सार्वजनिक शौचालयको अभाव केही हद सम्म समाधान भएको छ ।

     लामो समय देखि यस क्षेत्रमा सार्वजनिक शौचालयको अभाव रहेको तर्फ मध्यनजर गर्दै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै आएको भए पनि यस पटक उपमहानगरपालिकाले निर्माणमा चासो दिएर निर्माण सम्पन्न भएको सार्वजनिक शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष जितवहादुर पौडेल वताउछन । उनले सार्वजनिक शौचालय निर्माण गर्ने क्रममा १सय ७४ मिटर ड्रेन   सहितको शौचालय २८ लाख वढीको लागतमा निर्माण भएको समेत जानकारी गराए ।

बस स्टेन रहेको क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रु महिलाहरुलाई धेरै समस्या हुने गरेकोमा शौचालय निर्माणले सहज वनाएको सार्वजनिक शौचालय निर्माण उपभोक्ता समितिकी सदस्य   भारती श्रेष्ठ बताइन   ।

   सार्वजनिक शौचालय नभएका कारण यात्रु तथा आफुहWhatsApp Image 2023-05-03 at 15.21.42रुलाई समेत समस्या हुने गरेको थियो ।  यात्रु तथा आफुहरु पनि अर्काको भित्ता तथा खाली ठाउँ खोज्नु पर्ने अवस्था रहेकोमा सार्वजनिक शौचालय वनाइएका कारण अव यात्रु तथा आफुहरुलाई समेत सहज हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इटहरी इकाइका अध्यक्ष चन्द्र उप्रेतीले वताए ।

सार्वजनिक शौचालय उदघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी , वडा नम्बर ४का वडाध्यक्ष भक्त लामा तामागं इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले , सार्वजनिक शौचालयन निर्माण अनुगनम समितिका संयोजक रमेश खत्री लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

  इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रमा रहेका सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालयको आवश्यकता महशुस गरेर इटहरीको मुख्य चौक लगायतका अन्य ठाउँहरुमा पनि सार्वजनिक शौचालय निर्माण कार्य अघि वढाइरहेको छ । 


 


((