लेटाङ । विभिन्न कारणले आन्तरिक आयस्रोतमा कमी आएको तथा संघीय सरकारबाट प्राप्त हुने राजस्व बांडफाँड रकम  समेत घटेका कारण लेटाङ नगरपालिकाले अघि सारेका योजनाहरु प्रभावित वन्ने अवस्था आएको जनाएको छ ।

  लेटाङ नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि आन्तरिक आयस्रोतमा आएको कमीका साथै संघीय सरकारबाट प्राप्त हुने अनुदान ,राजस्व बाँडफाँड रकममा कमी आएपछि योजनाहरु प्रभावित हुने अवस्था आएको जानकारी गराएको हो ।IMG_20230430_085015

 नगरपालिका प्रवक्ता भुम सुर्यमगरले नगरवासीको अपेक्षालाई सम्वोधन गर्दै विभिन्न भौतिक तथा मानविय विकासका योजनाका लागि नीति तथा कार्यक्रममा समावेस गरी समृद्ध नगर र सुखी नगरवासी बनाउने लक्ष्य र उद्धेश्यका साथ अघि बढेको अवस्थामा घोषित नीति तथा कार्यक्रम कार्यान्वयनमा हुने अवस्था सिर्जना भएको वताएका हुन ।IMG_20230430_085033 उनले आर्थिक वर्ष २०७८ । २०७९मा ९४ करोड १६लाख ३९हजार बजेट निर्माण भएकोमा चालु आर्थिक वर्ष २०७९ ।२०८० ७८ करोड ६३लाख २० हजारको बजेट ११औं नगरसभाका पारित हुन पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५करोड ५३लाख १९हजार कम रहेको जनाए । बजेट घटेका कारण कतिपय क्रमागत योजना र दायित्व भुक्तानीका लागि बजेटको ठुलो हिस्सा छुट्याउनु परेका कारण नयाँ ठुला योजना तर्जुमा तथा कार्यान्वयन गर्न वाधा पुगेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 पत्रकार सम्मेलनमा नगरपालिकाको आर्थिक र विकास निर्माणका योजना प्रभावित हुने विषयमा प्रवक्ता मगर सहित लेखा अधिकृत डिक वहादुर सोडारी , इन्जिनियर भानुभक्त राई , वडाध्यक्षहरु वडा नम्बर १का विष्णुकुमार मगर , वडा नम्बर २का तेजप्रसाद तिम्सिना ,वडा नम्बर ३का डम्बर राई र वडा नम्बर ४का रामकुमार श्रेष्ठ लगायतले पत्रकारहरुलाई जानकारी गराएका छन । सो क्रममा नगरपालिकाले अघि सारेका अन्तर धार्मिक शान्तिपार्क , नगरपालिका प्रशासनीक भवन , अन्तर सांस्कृतिक संग्राहलय निर्माण , रंगशाला निर्माण ,विभिन्न संघ संस्थासंगको साझेदारी कार्यक्रम ,  आर्थिक विकासका केही योजनाहरु प्रभावित हुने जनाइयो ।